'टुटल' का संस्थापक शिक्षित भट्ट पक्राउ

 पुष २०, २०८० शुक्रबार १४:३१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – प्रतिलिपि अधिकार उल्लङ्घन र आपराधिक विश्वासघात गरेको आरोपमा राइड शेयरिङ एप 'टुटल' का संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् ।

प्रहरीले भट्टलाई 'टुटल' सम्बन्धी नै मुद्दामा गए राति पक्राउ गरेको हो । उनीविरुद्ध कम्पनी आफ्नो बनाउन जालसाजी गरेको आरोपसहित उनका प्रारम्भिक व्यावसायिक साझेदारले नै मुद्दा दर्ता गरेका काठमाण्डाै प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) कुमुद ढुंगेलले बताउनुभयो । त्यसपछि उनीमाथि यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो ।

राइड शेयरिङ एप 'टुटल' नाकाबन्दीपछि नेपालमा सञ्चालनमा आएको थियो । तर पठाओसहितका अरू राइड शेयरिङ एप पनि सञ्चालनमा आएपछि बन्द भएको टुटल केही महिनाअघि पुनः सञ्चालनमा आएको हो ।

तस्बिर  : अब्जर्भर रिसर्च फाउन्डेशन

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया