काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा मन्दिरमा सङ्कलित सुन तथा चाँदीलाई गाल्न थालिएको छ ।
मन्दिरमा तीर्थयात्रीले चढाएका ९८ तोला सुन तथा ९२ किलो चाँदी आज शुक्रवारदेखि गाल्न थालेकाे पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्गामले बताउनुभयो । सुनलाई गाल्न दुई दिन र चाँदीलाई भने एक हप्ता लाग्ने हाङ्गामले जानकारी दिनुभयाे । समितिसँग अहिले गालिएकाे सुन ८६ तोला ९० लाल रहेकाे उहाँले बताउनुभयो ।
पाथीभरा सुनचाँदी कला व्यवसायी सङ्घकाे संयोजनामा सुन चाँदी गाल्न थालेकाे पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले बताउनुभयो । गालिएका सुन चाँदीलाई समितिको निर्णयअनुसार प्रचलित दरमा बिक्रीका लागि प्रक्रिया अघि बढाइने उहाँकाे भनाइ छ ।
समितिले शम्भुप्रसाद गौतमको संयोजकत्वमा सुन चाँदी व्यवस्थापन उपसमिति गठन गरेको छ । सङ्कलित सुन चाँदी समितिले प्रहरीको रोहबरमा लकरमा राख्ने र सरोकारवालाको उपस्थितिमा गाल्ने काम गर्दै आएकाे छ ।
पाथिभरा मन्दिरबाट सङ्कलित छ हजार पाँच सय ३९ किलाे सात सय ६७ ग्राम तामा तथा १६ हजार छ सय ३८ किलाे एक सय ग्राम बराबर घण्टी भण्डारण गरेर राखेकाे समितिले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।