सर्लाहीको बरहथवा नगरपालिकामा कर्फ्यु जारी

 पुष २०, २०८० शुक्रबार १७:५२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाही – जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । नगर अस्पतालकाे विषयमा विवाद हुँदा एक जनाको ज्यान गएको र तनाव बढ्दै गएकोले आज शुक्रवार बेलुका साढे ५ बजेदेखि भोलि शनिवार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिनुभयो ।

बरहथवा नगरपालिकामा नगर अस्पताल सञ्चालनको विषयमा झडप हुँदा आज दिउँसो बरहथवा नगरपालिका–६ का जयशंकर साहको ज्यान गएको थियो । अस्पतालको भवन स्वामित्वको विषयमा असन्तुष्ट स्थानीयले नगरपालिका कार्यालय घेराउ गरेपछि प्रहरीले रोकेको थियो । स्थानीयलाई प्रहरीले रोकेपछि झडप भएको हो ।

निर्माण सम्पन्न हुन लागेको अस्पताल भवन मधेस प्रदेश सरकारले चलाउने कि नगरपालिकाले भन्ने विषयमा विवाद भएको हो । यो विषयमा विवाद भएपछि आजका लागि नगरपालिकाले सर्वदलीय बैठक पनि राखेको थियो । तर तनावको स्थिति देखिएपछि सर्वदलीय बैठक स्थगित गरेको नगरपालिकाले सूचना निकालेर जानकारी गराएको थियो ।

नगर अस्पताल नगरपालिकाले नै चलाउनुपर्ने माग स्थानीयको छ । स्थानीयले आज बजार बन्दसमेत गराएका थिए । प्रदर्शनकारीहरूले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको प्रहरीले बताएको छ । बरहथवा क्षेत्रको अवस्था अहिले पनि तनावग्रस्त रहेको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया