काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका पहाडी भेगको मौसम आज सामान्यतया सफा रहेको छ । तराईका धेरै ठाउँमा भने बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर तापक्रम घट्ने क्रममा छ । उच्च पहाडी तथा हिमाली भेगमा केहीदिनदेखि हिमपात भइरहेका कारण देशभर चिसो बढेको मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो । जुम्ला, जोमसोम र जिरीको न्यूनतम तापक्रम शून्य डिग्री सेल्सियसभन्दा पनि तल माइनसमा पुगेको उहाँले बताउनुभयो । आज जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ५, जिरीको माइनस शून्य दशमलव ६ र जोमसोमको न्यूनतम तापक्रम माइनस ३ दशमलव ५ डिग्री सेल्सियससम्म मापन भएको छ ।
आज पनि कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको अधिकारीले बताउनु भयो । यस्तै, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी भेगमा आंशिक बदली रहे पनि तत्काल वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।