४ करोडभन्दा धेरै सम्पत्तिको स्रोत नखुलेपछि सिँचाइ विभागका तत्क...
पुस २८, २०८१ आइतबार
बाजुरा – बाजुरामा एक जना १२ दिनकी सुत्केरीको ज्यान गएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा हुम्लाको ताजाकोट गाउँपालिका–५ डोप्ककी २२ वर्षकी अन्सु बुढाको ज्यान गएको हो ।
यही पुस १२ गते ताजाकोटको स्वास्थ्य चौकीमा सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिल समस्या आएपछि उहाँको परिवारले थप उपचारका लागि कोल्टीमा ल्याएका कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा. रञ्जित शाहले जानकारी दिनुभयो ।
हिजो कोल्टीमा ल्याउँदा अवस्था जटिल भएकोले अन्यत्र लैजान भनेको र परिवारले हेलिकप्टरको माग गरेकाेमा पर्खँदा पर्खँदै बुढाको ज्यान गएको शाहले बताउनुभयो । सुत्केरी भएको १२ औँ दिनसम्म स्वास्थ्य अवस्था सामान्य रहेकोमा एक्कासी श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको मृतकका परिवारले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।