हिमालय एअरलाइन्स 'आईओएसए' मा दर्ता

 पुष २४, २०८० मंगलबार १९:२१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिमालय एअरलाइन्स 'इन्टरनेशनल अपरेशन सेफ्टी अडिट' (आईओएसए) मा दर्ता भएको छ । आज काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै एअरलाइन्सले यसबारेमा जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले हिमालय एअरलाइन्स आईओएसएमा दर्ता हुनु नेपालको हवाई क्षेत्रका लागि खुशीको कुरा भएको बताउनुभयो । २८ डिसेम्बर २०२३ मा इन्टरनेशनल एअर ट्रान्सपोर्ट एशोसिएशन (आईएटीए) द्वारा ३ मार्च २०२५ सम्म मान्य हुने गरी आईओएसए प्रमाणीकरण भएको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो नेपालको उड्डयन क्षेत्रका लागि कोशेढुङ्गा हो । विश्वका २ हजार बढी एअरलाइन्समध्येबाट हामी आईओएसएको सदस्य बन्नु क्यानका लागि पनि सुरक्षाको हिसाबमा गर्वको कुरा हो । हामीलाई विश्वव्यापी उड्डयन समुदायमा एक विश्वसनीय वायु सेवाको रूपमा समेत स्थान दिन्छ । हामी आउँदा वर्षहरूमा यस उपलब्धिलाई जारी राख्न तत्पर छौँ ।’

कम्पनीका अनुसार आईओएसएको परीक्षणबाट वायु सेवाको दक्षता, जोखिम व्यवस्थापन र समग्र कार्यसम्पादन सुधार भएको छ ।

तस्बिर : एअरलाइन्स

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया