काठमाण्डौ महानगरले कुकुरलाई सडकमा शौच गराउनेलाई कारबाही गर्न थाल्यो

 पुष २५, २०८० बुधबार ८:३३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – घरपालुवा कुकुरलाई सार्वजनिक ठाँउमा शौच गराउनेलाई काठमाण्डौ महानगरपालिकाले कारबाही शुरु गरेको छ । काठमाण्डौ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अस्ति सोमवारदेखि महानगर प्रहरी परिचालन गरी कारबाही थालिएको जानकारी दिनुभयो ।

उहाँले यसअघि पनि बेलाबेला काठमाण्डौ महानगरपालिकाले सचेत गराउँदै आए पनि  सार्वजनिक ठाउँमा कुकुरलाई शौच गराउन नछाडेपछि अहिले कुकुर समाउन थालिएको बताउनुभयो । चार वर्षअघि पनि महानगरपालिकाले सार्वजनिकस्थलमा कुकुरलाई शौच गराउने कुकुरधनीविरुद्ध कारबाही गर्ने घोषणा गरेको थियो ।

यसपटक भने काठमाण्डौ महानगरपालिकाले विभिन्न वडामा रहेका टोल सुधार समिति तथा क्लबलाई परिचालन गरेर सचेतना कार्यक्रम पनि गरिरहेको छ । सार्वजनिक ठाउँमा ल्याएर कुकुरलाई शौच गराए पनि फोहर उठाउनुपर्ने र झोला साथमै ल्याउनुपर्ने महानगरपालिकाको नियम छ ।

कुकुरको मलमूत्रका कारण परजीवी जुका पर्ने तथा पाचन प्रणालीमा असर गर्ने जियार्डियासिस, साल्मोनेलिस र अमिबियासिसजस्ता रोगको सङ्क्रमण फैलने केन्द्रीय पशु चिकित्सालयका पशु चिकित्सक डा ग्रीष्म न्यौपानेले बताउनुभयो ।

डा न्यौपानेले कुकुरको दिसामा हुने इकाइनोकोकस ग्रानुलोसस भनिने एक प्रकारको फित्तेजुकाको अण्डा मानिसको खानेकुरामा पुगेमा कलेजो, फोक्सो, मिर्गौला वा मस्तिष्कमा पनि असर हुने बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया