नेपालमै पहिलो पटक 'अल ब्रिड च्याम्पियनशिप डग शाे' हुने

 पुष २५, २०८० बुधबार १८:२०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा पहिलो पटक सबै जातका कुकुरहरू समावेश गरेर 'अल ब्रिड च्याम्पियनशिप डग शाे' हुने भएको छ ।

केनल क्लब अफ नेपालको आयोजना तथा विश्व केनल युनियनको सहकार्यमा आउँदो माघको ६ गते सातदोबाटो पौडी पोखरी परिसरमा 'डग शो' हुन लागेको हो । नेपालमा यसअघि सिमित जातका 'डग शो' भए पनि सबै जातलाई समावेश गरेर पहिलो पटक हुन लागेको केनल क्लब अफ नेपालका उपाध्यक्ष हिम केसीले जानकारी दिनुभयो ।

'डग शो' मा आफ्ना कुकुर सहभागी गराउनका लागि फारम भर्न पनि आयोजकले आग्रह गरेको छ । 'डग शो' बाट आफूले पालेका कुकुरहरूको क्षमता देखाउने अवसर प्राप्त हुनुका साथै कुकुर पाल्दा ध्यान दिनुपर्ने विभिन्न विषयमा जानकारी हुने उपाध्यक्ष केसीले जानकारी दिनुभयो ।

'डग शो' मा कुकुरहरूबीच प्रतिस्पर्धा, उनीहरूका खाना र विभिन्न सामग्री खोप लगायतका स्टल रहनेछन् ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया