काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउनु नहुने बताएको छ ।
आज प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १० मा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउन नहुने बताउनुभएको हो । उहाँले विद्यार्थीहरूको गुणस्तर मापन गर्ने विधि नै परीक्षा भएको भन्दै कक्षा १० मा लिइने परीक्षा हटाएमा उनीहरूकाे गुणस्तर खस्किने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कुनै अनुसन्धानविना त्यत्तिकै १० कक्षाको परीक्षा हटाइदिउँ भनेर कसरी भन्न सकियो ? विधेयक बनाउने प्रक्रियामा मैले प्रश्न गन चाहेँ । एसईई हटाएपछि विद्यार्थीहरूले परीक्षामा राम्रो गर्छन् भन्ने विश्वास मलाई छैन । कक्षा १० देखि १२ सम्म अहिले ५० प्रतिशत विद्यार्थी पास भएका छन् । कक्षा ८ पछि एकैचोटि १२ को मात्रै बोर्ड परीक्षा लिने हो भने पास हुने विद्यार्थी २०/३० प्रतिशतमा झर्छन् ।’
अध्यक्ष शर्माले कक्षा १० मा अनुत्तीर्ण हुने विद्यार्थी फेरि भर्ना भएर पढ्नसक्ने तर कक्षा १२ मा अनुत्तीर्ण भए उमेरको कारणले पनि फेरि पढ्न मन नगर्ने मनोवैज्ञानिक पाटोको पनि ख्याल गर्नुपर्ने बताउनुभयो । उहाँले कक्षा १० मा परीक्षा आवश्यक रहेको बरु कक्षा १० को परीक्षा केन्द्रले नगरिकन प्रदेश तहले गर्नसक्ने उल्लेख गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।