बालकुमारी घटनामा ज्यान गुमाएका सुजनको परिवारलाई गाउँपालिकाकाे ५० हजार सहयाेग

 पुष २६, २०८० बिहीबार २०:१४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

दैलेख – बालकुमारी घटनामा ज्यान गुमाएका सुजन रावतको परिवारलाई दैलेखको महाबु गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गरेको छ । आफ्नाे पालिकावासीकाे पीडामा आर्थिक सहयाेग गरेकाे गाउँपालिकाकी कार्यवाहक अध्यक्ष मञ्जुकुमारी पाण्डेले बताउनुभयो ।

सुजनको परिवारलाई यसअघि सङ्घ सरकारले १० लाख र प्रदेश सरकारले दुई लाख रुपैयाँ राहत सहयोग प्रदान गर्ने निर्णय गरेको थियो ।

गएकाे पुस १३ गते ललितपुरको बालकुमारीमा रहेको ईपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा दैलेखका सुदन र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो । मृतकका परिवार र सरकार पक्षबीच पुस १७ गते चार बुँदे सहमति भएकाे थियाे ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया