काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशभर बिहान बेलुकासँगै दिउँसोसमेत चिसो बढ्न थालेको छ ।
उच्च पहाडी तथा हिमाली भेगमा हिमपात तथा तराई मधेसमा बाक्लो हुस्सु कुहिरो लागेका कारण चिसो बढेको मौसम पूर्वाुनमान् महाशाखाले जनाएको छ ।
भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा पनि चिसो बढेकाले भूकम्प प्रभावितलाई स्वास्थ्यको विशेष ख्याल राख्न मौसमविद्ले आग्रह गरेका छन् । दिउँसोपख चिसो अझै बढ्ने भएकाले न्यानो लुगा लगाउन, तातो झोलिलो खानेकुरा खानुुका साथै वृद्धवृद्धा र बालबालिकाको हेरचाहमा ध्यान दिन मौसमविद् मिनकुमार अर्यालको आग्रह छ ।
भूकम्पले घर भत्किएपछि जाजरकोट र रुकुुम पश्चिमका धेरै परिवार झण्डै साढे दुुई महिनादेखि त्रिपालमुनि बस्न बाध्य छन् । त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोका कारण भूकम्प प्रभावितहरू बढी समस्यामा परेका छन् ।
यस्तै, लगातारको बाक्लो हुस्सुका कारण तराईको जनजीवन कष्टकर बनेको छ । तराई मधेस क्षेत्रको मौसमी अवस्थालाई विश्लेषण गरी शीतलहर घोषणा गर्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले नै शीतलहर भने चलिसकेको छैन ।
आज उच्च पहाडी भेगमा पश्चिमी वायुको प्रभाव सामान्य रहेको र तत्काल पानी पर्ने सम्भावना नरहेको पनि महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।