ट्राभल वेबसाइटको सूचीमा काठमाण्डौ संसारको उत्कृष्ट प्राकृतिक गन्तव्य

 पुष २८, २०८० शनिबार ८:४७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले काठमाण्डौलाई संसारको उत्कृष्ट प्राकृतिक गन्तव्यका रुपमा घोषणा गरेको छ ।

ट्रिप एडभाइजरले १० उत्कृष्ट गन्तव्य, प्राकृतिक गन्तव्य, ट्रेन्डिङ गन्तव्य, सांस्कृतिक गन्तव्य, खाना गन्तव्य,  हनिमुन गन्तव्य र दिगो गन्तव्य गरी सातवटा वर्ग छुट्याएर सूची सार्वजनिक गरेको हो । यसअनुसार काठमाण्डौ विश्वका उत्कृष्ट १० प्राकृतिक गन्तव्यमध्ये एक नम्बरमा र विश्वका उत्कृष्ट २५ गन्तव्यमध्ये २४औँ नम्बरमा परेको छ ।

ट्रिप एडभाइजरले विश्वभर यात्रा सहजीकरण गर्दै बुकिङ, गन्तव्य छनाेट र योजना बनाउन सहयोग गर्दै आएको छ । विश्वप्रसिद्ध ट्राभल वेबसाइटमा काठमाण्डौ उत्कृष्ट प्राकृतिक गन्तव्यको सूूचीमा परेपछि नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास छ ।

पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२३ मा १० लाखभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण  गरेका छन् ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया