काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ –त्रिभुवन विमानस्थलबाट सन् २०२३ मा अन्तर्राष्ट्रियतर्फ अहिलेसम्मकै धेरै ४५ लाख ४१ हजार १३७ जना यात्रुले आवातजावात गरेका छन् । जसमा नेपालबाट २४ लाख २० हजार ७८७ जना विदेश गएका छन् भने २१ लाख २० हजार ३५० जना नेपाल भित्रिएका छन् ।
सन् २०२३ मा आवतजावत गर्ने यात्रुको सङ्ख्या गएको वर्षको तुलनामा ३० दशमलव १८ प्रतिशतले धेरै हो भने कोभिड–१९ महामारी शुरु हुनु अघि सन् २०१८ को भन्दा ४ दशमलव ५ प्रतिशतले धेरै हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२३ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म त्रिभुवन विमानस्थलमा ३१ हजार ४ सय ६० वटा अन्तर्राष्ट्रिय उडान भएका छन् ।
उडान सङ्ख्या सन् २०२२ को तुलनामा २९ दशलमव ४ प्रतिशतले बढी हो भने कोरोना महामारी भन्दा अगाडि सन् २०१८ को भन्दा १० दशमलव ७६ प्रतिशतले कम हो । यस्तै अन्तर्राष्ट्रिय कार्गो सन् २०२२ भन्दा १३ दशमलव ९८ प्रतिशतले घटेर २२ हजार नौ सय ४६ टन तीन सय ७७ किलोमा झरेको छ ।
अन्तर्राष्ट्रिय यात्रुको आवतजावत बढे पनि आन्तरिक आवागमन भने घटेको छ । सन् २०२३ मा त्रिभुवन विमानस्थल प्रयोग गरेर ४१ लाख ५० हजार ३२६ जनाले आवतजावत गरेका छन् । यो सङ्ख्या सन् २०२२ को भन्दा सात दशमलव ०७ प्रतिशतले कमी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालयले जानकारी दिएको छ ।
आन्तरिक हवाइ उडानको सङ्ख्या पनि सन् २०२२ को भन्दा १० दशमलव ३६ प्रतिशतले घटेर ९६ हजार नौ सय ८९ मा झरेको छ । आन्तरिक उडानमा कार्गो ओसारपसार भने अघिल्लो वर्षको तुलनामा १० दशमलव ८७ प्रतिशतले बढेर चार सय २६ टन आठ सय ६१ किलो भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।