काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ - काठमाण्डौ उपत्यकामा भाेलि साेमवारदेखि मेलम्चीको पानी वितरण हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाेलि सिंहदरबारमा एक कार्यक्रमकाबीच मेलम्चीको पानी पुनर्वितरणको शुभारम्भ गर्नुहुने भएको छ । त्यसपछि उपत्यकावासीको धारामा पानी आउने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहम्मद अन्सारीले बताउनुभयो । उहाँका अनुसार मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलबाट यही पुस २५ गते हेडवर्क्समा पानी पठाइएको छ ।
पानी सुन्दरीजल आइसकेको र सुन्दरीजल प्रशोधन केन्द्रबाट काठमाण्डौमा रहेका विभिन्न भण्डार केन्द्रका लागि पानी छोडिने अन्सारीले बताउनु भयाे । शुरुमा काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड, केयूकेएललाई पाँच करोड लिटर पानी उपलब्ध गराइने छ । भाेलि पहिलो दिन अनामनगर र मीनभवन वितरण केन्द्रबाट पानी वितरण गरिने आयोजनाले जनाएको छ ।
पानीको उपलब्धतासँगै वितरणको क्षमतालाई बढाइ क्रमश: खुमलटार, महाङ्काल चौर, कीर्तिपुर, बोडे, कटुञ्जे, बालाजु, बाँसबारी वितरण केन्द्रबाट पानी वितरण गरिने छ । यसअघि उपत्यकामा मेलम्चीकाे पानी ल्याउनका लागि खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा पुस ३ गते बसेको बैठकले आकस्मिक परिस्थितबाहेक २८ दिनको कार्यतालिका बनाएर निर्माण व्यवसायी सिनो हाइड्रोले तत्काल काम शुरु गर्ने गरी सम्झौता भएको थियो ।
गएको साउन २७ र २८ मा आएको बाढीले आयोजनाको हेडवर्क्स बगाएकाले अस्थायी रूपमा समेत पानी ल्याउन समस्या भएको थियो । अब बाह्रै महिना मेलम्चीको पानी वितरण हुने खानेपानी मन्त्री महिन्द्रराय यादवकाे दाबी छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाण्डौ आउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।