पहाडी क्षेत्रमा मौसम आंशिक बदली : भोलि एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना

 पुष २९, २०८० आइतबार ७:५४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली भएको छ ।

अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र पहाडी क्षेत्रमा माैसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका धेरैजसो ठाउँमा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ । अरु ठाउँमा आज मौसम सफा नै छ ।

भोलि सोमवार भने गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

यस्तै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया