माघे सङ्क्रान्तिका लागि तरुल किन्नेको भिड, तरुलकाे भाउ सस्तियाे (तस्बिरसहित)

 पुष २९, २०८० आइतबार ९:५०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भाेलिकाे माघे सङ्क्रान्तिका लागि कन्दमूल जात तरुल, पिँडालु, सखरखण्डलगायत किन्नेकाे भिड लागेकाे छ । विशेषगरी कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुललगायतका कन्दमूलको कारोबार बढेको छ । त्यस्तै, बल्खुमा पनि व्यापारीलाई चटारो छ । 

बजारमा अहिले तराईबाट आउने घर–तरुल, हात्तीपाइले तरुल, सिमल तरुल, वन तरुल, पतालेतरुलकाे माग बढेकाे समितिले जनाएकाे छ। 

समितिका अनुसार काठमाण्डाै उपत्यकामा मुख्यगरी सर्लाही, नवलपरासी, मकवानपुर, धादिङ, सिन्धुली, गोरखा, पाल्पा, अर्घाखाँची, चितवन, काभ्रेपलाञ्चोक र नुवाकोटबाट तरुल भित्रिने गरेकाे छ । 

आज तरूलको भाउ किलोमा १० रूपैयाँले घटेको समितिले जनाएकाे छ । आज तरूलको भाउ प्रतिकिलो ६० देखि ७० रूपैयाँ रहेकाे छ। हिजो तरूलको भाउ ७० देखि ८० रूपैयाँ प्रतिकिलो थियो ।

आज पिँडालु र सखरखण्डकाे भाउ किलोको ७० देखि ८० रूपैयाँ तोकिएको छ । माघेसङ्क्रान्तिमा कन्दमूल, घ्यु, चाकुलगायत खाने चलन छ ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया