आईसीसीले च्याम्पियन्स ट्रफीका लागि 'हाइब्रिड' मोडल प्रस्ताव गर्ने...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ – आज पनि उच्च पहाडी र हिमाली भेगका धेरै ठाउँमा हिउँ पर्ने भएको छ । कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पहाड र उपत्यकामा आज पनि आंशिक बदली हुनेछ ।
हिजोअस्ति जस्तै तराई, मधेशमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । मौसमविद् गोविन्द झाका अनुसार तराईमा हुस्सु कुहिरोसँगै घाम पनि लाग्ने गरेकोले शीतलहरको अवस्था भने छैन । मौसमविदले शीतलहर नभने पनि तराई मधेशमा शीत र चिसोले जनजीवन कष्टकर बन्दै गएको छ ।
चिसो बढेकाले घरबाहिर निस्कन समेत गाह्रो हुने गरेको स्थानीयबासिन्दाले बताएका छन् । देशका अरु ठाउँमा पनि चिसो बढेको छ । काठमाण्डौको आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।