बिजुलीबारे तपाईँको गुनासो वा समस्या छ ? हटलाइन ११५१ मा टिपाउन सक्नुहुन्छ

 माघ ६, २०८० शनिबार ९:३५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणको सेवाबारे तपाईँको केही गुनासो छ ? बिना सूचना बिजुली काटियो वा नजिकमा रहेको पोलमा कुनै समस्या आयो ? प्राधिकरणका कर्मचारीले अनावश्यक दुःख पो दिए कि ? वा बिजुलीको मिटर लिन कुनै समस्या छ ? यस्ता गुनासा र समस्या छन् भने तपाईँले पैसा नलाग्ने नम्बर ११५१ मा फोन गरेर टिपाउन सक्नुहुन्छ ।

जुनसुकै समस्या र गुनासा हटलाइनमा फोन गरेर टिपाउन सक्ने गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा हटलाइन सेवा सञ्चालनमा छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हटलाइन सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन तथा आएका समस्या र गुनासोको सम्बोधन गर्न निर्देशन समेत दिनुभएको छ ।

हटलाइन ११५१ मा दैनिक औसतमा ५० भन्दा धेरै गुनासो आउने गरेको छ । गुनासो आउनेबित्तिकै सम्बन्धित कार्यालय र वितरण केन्द्रका प्रमुखलाई फोन गरेर समस्या समाधानका लागि आग्रह गर्ने गरिएको हटलाइन सेवाका प्रमुख रामकृष्ण पौडेलले जानकारी दिनुभयो । समस्या समाधान भएको सम्बन्धित व्यक्तिलाई समेत फोन गरेर जानकारी दिने गरिएको उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया