हिउँदे वर्षा नहुँदाको असर कम गर्न अहिलेदेखि नै तयारी थाल्न विज्ञको सुुझाव

 माघ ६, २०८० शनिबार १०:३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डौ – यसवर्ष हिउँदमा पानी नपरेपछि किसान चिन्तित छन् । गहुँ, तोरी, मुुसुरो, तरकारी लगायतका हिउँदेबालीलाई अहिले पानी चाहिएको छ । तर देशका धेरै ठाउँमा हिउँदे वर्षा भएको छैन । केही दिनअघि पूर्वी पहाडका केही ठाउँमा फाट्टफुट्ट पानी परे पनि जमिन भिज्नेगरी वर्षा भएन । फाट्टफुट्ट मात्रै पानी परेको र पानी पर्दै नपरेको ठाउँका किसान हिउँदे वर्षाको पर्खाइमा छन् ।

मौसमविदका अनुसार तत्काल हिउँदे वर्षाको सम्भावना देखिँदैन, तर माघ मसान्तसम्ममा पानी पर्ने सङ्केत भने देखिएको छ । माघ मध्य या अन्त्यसम्ममा पानी पर्ने संकेत देखिएको जलवायुविद् डा. धर्मराज उप्रेतीले बताउनुुभयो । तर यसअघि मौसमविद्ले हिउँदमा धेरै वर्षा हुने भन्दै गरेको पूर्वानुमान फेल खाएकाले माघ मसान्तसम्म पानी पर्छ नै भनेर ग्यारेन्टी गर्न नसकिने उहाँको भनाइ छ ।

पछिल्लोपटक मौसम पूर्वानुमानमा आधुुनिक प्रविधि भित्रिए पनि अनुमान शतप्रतिशत मिलाउन नसकिने मौसमविद्हरु बताउँछन् । माघ मसान्तसम्म पानी परेन भने हिउँदे बालीलाई प्रत्यक्ष असर पर्ने र यसको प्रभाव वर्षेबालीको तयारीमा समेत हुनेछ । त्यसैले सम्भव भएको ठाउँमा बालीनाली र तरकारीमा सिँचाइ दिन विज्ञको सुुझाव छ ।

घर छेउमा थोरै तरकारी खेती गर्नेहरुले भान्साबाट निस्कने पानी दिन सक्छन् । समुदाय स्तरमा जमिनमुनिको पानी निकालेर वा नजिकैको खोलानदीबाट तानेर पनि सिँचाइ गर्न सकिने उप्रेतीले बताउनुुभयो ।

उहाँका अनुसार पालिकाहरुले खाद्यान्न जोहो गर्ने काममा पनि ध्यान दिनुपर्छ । यस्तै हिउँदे वर्षा नहुँदा प्रदुषण बढ्ने, प्रदुषणको कारण श्वासप्रश्वाससँग सम्बन्धित रोगको जोखिम हुने, बिजुली उत्पादन घट्ने र वनपाखामा लाग्ने आगो निभाउनसमेत कठिनाइ हुने भएकाले सम्भावित असरबाट बच्न अहिलेदेखि नै तयारी थाल्न उहाँको सुुझाव छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया