माओवादीले पार्टीको विधान सम्पादनसहित पारित गर्‍याे

 चैत २, २०८० शुक्रबार १८:८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ — नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले पार्टीको विधान सम्पादनसहित पारित गरेको छ । आज केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको विधानलाई अन्तिम रूप दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता सापकोटाले छलफलबाट विधान परिपूर्ण र समृद्ध भएको बताउनुभयो । बैठकले राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित नारायण दाहालले पार्टी सदस्यताबाट दिनुभएको राजीनामा स्वीकृत गरेको पनि उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया