रेडियो तथा टेलिभिजनको स्वतःरद्द भएका इजाजतपत्र वा अनुमतिपत्र नवीकरणका लागि विभागको आग्रह

 चैत ३, २०८० शनिबार १३:२६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ — सूचना तथा प्रसारण विभागले रेडियो तथा टेलिभिजनको स्वतःरद्द भएका इजाजतपत्र वा अनुमतिपत्र नवीकरणका लागि आग्रह गरेको छ ।

गएको फागुन २१ मा प्रकाशित सूचनाअनुसार राष्ट्रिय प्रसारण नियमावली २०५२ को १२ औं संशोधनबाट मूल नियमावलीको नियम १६ मा संशोधन भएअनुसार इजाजतपत्र वा अनुमतिपत्र नवीकरण नगरेका आफैँले कार्यक्रम उत्पादन गरी भू–सतही, भू–उपग्रह वा केबुलको माध्यमबाट प्रसारण गर्ने टेलिभिजन वा एफएम रेडियो प्रसारण गर्ने संस्थाले नवीकरण गर्न चाहेमा ३० दिनभित्र निवेदन दिन सक्ने व्यवस्था छ ।

व्यवस्थाअनुसार अहिलेसम्म नवीकरण नगराई स्वतःरद्द भएका इजाजतपत्र वा अनुमतिपत्रप्राप्त संस्थाहरुले नवीकरणको लागि अनुसूची–८ अनुसारको ढाँचामा कागजातसहित यहि चैत २० गते भित्र विभाग वा विभागको आधिकारीक मेलमार्फत निवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

अन्तिम पटक नवीकरण भएको खुल्ने इजाजतपत्र वा अनुमतिपत्रको प्रतिलिपी, लेखा परीक्षण प्रतिवेदन र करचुक्ता प्रमाणपत्र, कम्पनी अध्यावधिक, संस्थादर्ता प्रमाणपत्र नविकरण भएको प्रमाणपत्रसहित निवेदन पेश गर्न सकिनेछ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया