वैदेशिक रोजगारीमा जानेहरू पत्तै नपाई पर्न सक्छन् मानव बेचबिखन र तस्करीमा

 चैत १, २०७९ बुधबार १२:४७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान व्युरोले गएको वैशाखदेखि फागुन २५ गतेसम्म भिजिट भिसामा खाडीका देश हिँडेका १ हजार ७ सय २८ जनालाई विमानस्थलबाटै फर्काएको छ । सोधपुछ गर्दा मानव बेचबिखन तथा तस्करीमा पर्ने जोखिम देखिएपछि उनीहरूलाई विमानस्थलबाटै फर्काइएको व्युरोले जनाएको छ । पछिल्लो पाँच वर्षमा खाडी लगायतका देशमा मानव बेचबिखन तथा तस्करीमा परेका एक हजार ५९ जनालाई उद्धार गरिएको छ । खाडीका देशमा घरेलु काममा महिलालाई जोखिम भयो भन्दै नेपाल सरकारले प्रतिबन्ध लगाएको छ । तर विभिन्न बहानामा एजेण्टहरुले घरेलु कामका लागि नेपाली महिलालाई ती देशमा पुर्‍याइरहेका छन् । खाडीका देशमा मात्र होइन, आकर्षक रोजगारीको प्रलोभन देखाएर छिमेकी देश भारत र नेपाल भित्रै पनि मानव बेचबिखन तथा ओसारपसार भइरहेको छ । भिजिट भिसाको नाममा वैदेशिक रोजगारी र मानव बेचबिखनको सेरोफेरोमा रहेर नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोका प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठसँग गरिएको कुराकानी :

वैदेशिक राेजगारीकाे नाममा हुने मानव बेचबिखन भनेको के हो आम मानिसले मानव बेचबिखनलाई कसरी बुझ्ने ?

नेपालमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ छ । मानव बेचबिखन भन्नाले कुनै पनि व्यक्तिलाई बेच्नु, यौन शोषणमा पारिनु, कुनै पनि मानिसको कानुन विपरीत मानव अङ्ग झिक्नु तथा प्रत्यारोपण गर्नु लगायतलाई मानव बेचबिखन भनिएको छ ।

ओसार पसार भन्नाले कुनै पनि व्यक्तिलाई आफू कुन देशमा जाँदै छु अथवा स्वदेशभित्रै पनि कुन ठाउँबाट कुन ठाउँसम्म लगिँदै छ भन्ने जानकारी बिनै एक ठाउँबाट अर्को ठाउँ वा एक देशबाट अर्को देश ओसारपसार गर्नु हो भनेर बुझ्दा हुन्छ ।

मानव बेचबिखन तथा ओसारपसारको सम्बन्धमा कुनै पनि व्यक्ति, चाहे महिला होस्, पुरुष होस् या बालबालिका कसैलाई बेच्न, दाश बनाउन अथवा यौन शोषणमा पार्न लगिएको अवस्थामा मानव बेचबिखन हुन्छ । यो कसैले विश्वासमा पारेर, कसैलाई भ्रममा पारेर, कसैलाई लोभमा पारेर पनि लगिने अवस्था हुन्छ । कसैलाई चाहिँ जबरजस्ती पारेर लगेको पनि देखिन्छ ।

बेचबिखन तथा ओसारपसार र मानव तस्करीबीच के फरक छ ?

नेपालमा अहिलेसम्म मानव तस्करीको लागि छुट्टै कानुन छैन । मानव तस्करी भन्नाले चाहिँ जाने मान्छे र लैजाने मान्छेबीच सुरुवाती आपसी सहमति भएर प्रक्रिया अगाडि बढाइएको स्थिति हो । हुन त यो वैधानिक हुँदैन । तै पनि जाने मान्छेको पनि केही मात्रामा सहमति हुन्छ ।

घरेलु काममा जानै प्रतिबन्ध लगाइएका देश जस्तै खाडी लगायतमा पनि भिजिट भिसाको आवरणमा लगेर त्यहाँ घरेलु कामदारमा लगाउने, त्यहाँ लगेर घरेलु काममा लगाउने, यौन शोषणमा पारिएका, शारीरिक शोषणमा पारिएका, श्रम शोषणमा पारिएका घटनाहरू प्रशस्तरुपमा देखिन्छन् । 

ती चिजहरू चाहे स्रोत देश वा गन्तव्य देशमा गैर कानुनी मानिन्छ भने त्यो मानव तस्करी हो ।  प्रहरीकोमा जति पनि केस आएका छन् वा हामीले हेरेका छौँ , नेपालभित्रै पनि मानव बेचबिखन तथा ओसारपसार भएको स्थिति छ । जस्तै, कुनै पनि मानिसलाई जबरजस्ती काममा लगाएर उसलाई शोषण गर्ने, यौन धन्दामा लगाउने र कुनै पनि मानिसको आफ्नो इच्छा विपरीत यौन धन्दामा लगाउने काम पनि देखिएको छ ।

जस्तै, होटेलहरूमा राख्ने, रेस्टुरेन्टमा राख्ने, कुनै ठाउँमा घरमा बन्धक बनाएर राख्ने गरेको देखिन्छ । यो नेपालको सन्दर्भ भयो ।

यस्तै विदेशको कुरा गर्नुपर्दा, नेपाल र भारतको खुल्ला सिमाना छ । नेपालबाट भारतमा रोजगारी दिलाइदिने नाममा, राम्रो काम पाइन्छ भन्ने नाममा कसैलाई भेटघाट गर्न नाममा, घुम्न जाने नाम लगायतका काममा विश्वासमा पारेर त्यहाँ लगेर बेच्ने, यौन धन्दामा लगाउने गरेको पाइन्छ । 

यस्तै यहाँबाट साना बालबालिकालाई सर्कसहरूमा जबरजस्ती नाच्न बाध्य पारिने, मनोरञ्जनात्मक क्षेत्रमा काम गर्न बाध्य पारिने गरेको देखिन्छ । भारतबाहेक अन्य देशमा रोजगारीको नाममा भिजिट भिसाको आवरणमा लगिएको पाइन्छ ।

घरेलु काममा जानै प्रतिबन्ध लगाइएका देश जस्तै खाडी लगायतमा पनि भिजिट भिसाको आवरणमा लगेर त्यहाँ घरेलु कामदारमा लगाउने, त्यहाँ लगेर घरेलु काममा लगाउने, यौन शोषणमा पारिएका, शारीरिक शोषणमा पारिएका, श्रम शोषणमा पारिएका घटनाहरू प्रशस्तरुपमा देखिन्छन् । 

बेचबिखन तथा मानव तस्करीमा पारेर लगिने गन्तव्य देश चाहिँ भारत र खाडीका देशहरू नै हुन् कि अन्य देशहरू पनि छन् ? 

अहिलेसम्म हामीकहाँ आएको जाहेरी दर्खास्त अथवा हामीले अनुसन्धान गरेको तथ्यले भारतलगायत खाडी देश नै हो । तर जसरी मानव ओसारपसार भएको छ, जस्तै आप्रवासी श्रमिकको रूपमा कोही अमेरिका वा युरोपका देशमा जाने नाममा मानव ओसारपसार भएको स्थिति नभएको होइन तर तथ्यको आधारमा मैले भारत तथा खाडी देशमा बढी देखेको छु ।

सुरुमा त उनीहरूलाई भ्रममा पारेको हुन्छ । लोभमा पारेको हुन्छ । सुरुमा त उनीहरू आफूले आफैलाई पीडित सम्झिँदै सम्झिँदैनन् । उनीहरू त घुम्न जाने काम गर्न जाने, रमाइलो गर्न जाने भन्ने हिसाबमा गइरहेका हुन्छन् ।

मानव बेचबिखन तथा तस्करीमा परेकाहरूले आफू मानव बेचबिखनमा तथा तस्करीमा परेको रहेछु भनेर पत्तो चाहिँ कति बेला पाउने रहेछन् ?

सुरुमा त उनीहरूलाई भ्रममा पारेको हुन्छ । लोभमा पारेको हुन्छ । सुरुमा त उनीहरू आफूले आफैलाई पीडित सम्झिँदै सम्झिँदैनन् । उनीहरू त घुम्न जाने काम गर्न जाने, रमाइलो गर्न जाने भन्ने हिसाबमा गइरहेका हुन्छन् । जब शोषणमा पर्छन् तब मात्र आफू बेचिएको वा तस्करीमा परेको रहेछु भनेर थाहा पाउने गरेको अवस्था छ ।

आफूलाई आपत् परिसकेपछि मात्रै आफू बेचिएको थाहा पाउँछन् अनि बल्ल परिवारमा खबर आउँछ । हामीकहाँ जानकारी आइपुग्छ । हामीले त्यस्ता धेरै केसहरूमा खाडी देशबाट उद्धार गरेका छौँ । त्यहाँसम्म जानलाई आफ्नै नजिकको चिने जानेको मान्छे, नातेदारबाट जानुभएको हुन्छ । उहाँहरू उजुरी दिनै चाहनुहुन्न ।

जाहेरी दिइहाले पनि प्रहरीले खोजेको बेला, अदालतले खोजेको बेला उपस्थित हुनुहुन्न । त्यहाँ पनि समस्या देखिएको छ । तर व्युरोले गन्तव्य देशमा रहेको नेपाली नियोग र गैर आवासीय नेपाली सङ्घसँग समन्वय गरेर उद्धार र अनुसन्धानको काम भने गर्छ । 

नेपालबाट हुने मानव तस्करी र बेचबिखनको अवस्था के छ ? 

देशभित्रै पनि विभिन्न बहानामा विभिन्न प्रलोभन र लालचमा महिला तथा बालबालिकालाई यौन शोषणमा पारिएको स्थिति छ । हामीले कारबाही गरिरहेको अवस्था छ । श्रम शोषणदेखि यौन शोषणको लागि मानव ओसारपसार मात्र होइन पछिल्लो समय त बलि दिनको लागि पनि ओसारपसार भएको देखिन्छ । हामीले केही समय पहिले मात्रै त्यसरी लगिएकाहरूको उद्धार गरेका थियौँ ।

आफ्नो जीवन सुखमय हुन्छ भनेर गएकाहरू पनि ओसारपसारमा परेको अवस्था छ । यस्तै अमेरिका युरोपमा आफ्नो जीवन एकदमै सुखमय हुन्छ भनेर गएका व्यक्तिहरू पनि ओसारपसारमा परेको देखिन्छ ।

अहिले सबैभन्दा बढी समस्या देखिएको भनेको हाम्रो महिला दिदीबहिनीको हकमा नेपाल सरकारबाट जति पनि खाडी देशमा प्रतिबन्ध लगाइएको छ । भिजिट भिसाको आवरणमा रोजगारीमा लगिएको अवस्था छ । त्यसले गर्दा निकै समस्या भइरहेको छ ।

गएको वैशाखदेखि फागुन २५ गतेसम्मको अवधिमा सम्भावित मानव बेचबिखनमा पर्न सक्ने उच्च जोखिम भएका एक हजार सात सय २८ जनालाई विमानस्थलबाट फर्काइएको छ । यसमा धेरैजसो महिला हुनुहुन्छ ।

भारतमा पनि यस्तै अवस्था छ । हामीले यो क्रम नियन्त्रणका लागि प्रयास गरिरहेका छौँ । व्युरोको टोली विमानस्थलमा खटिएको छ । वैदेशिक रोजगार विभागले तोकिएको डकुमेण्ट छ कि छैन, उहाँहरूको भाषा सीप त्यो अनुसार छ कि छैन र उहाँहरू घुम्न मात्र जान लागेको हो कि काम गर्न जान लागेको हो भन्ने साधारण सोधपुछबाट पनि थाहा हुन्छ ।

सोधपुछको क्रममा कुनै शङ्का लागेमा वा भिजिट भिसाको आवरणमा रोजगारीको लागि हिँडेको हो भन्ने निश्चित भयो भने परामर्श प्रदान गरेर विमानस्थलबाटै घर फर्काउने गरिएको छ । गएको वैशाखदेखि फागुन २५ गतेसम्मको अवधिमा सम्भावित मानव बेचबिखनमा पर्न सक्ने उच्च जोखिम भएका एक हजार सात सय २८ जनालाई विमानस्थलबाट फर्काइएको छ । यसमा धेरैजसो महिला हुनुहुन्छ ।

पाँच वर्षमा व्यूराेमा एक सय ९६ वटा मानव बेचबिखन सम्बन्धी मुद्दा दर्ता भएका छन् । ७७ वटै जिल्ला प्रहरी कार्यालयहरूबाट पनि यो सम्बन्धमा मुद्दा दर्ता हुने गर्छ । पाँच वर्षमा मानव बेचबिखनसम्बन्धी सात सय ५५ वटा मुद्दा दर्ता भएका छन् ।

व्यूरोले मुद्दा दर्ता मात्र गर्दैन, अनुसन्धान पनि गर्छौँ । बाहिर जिल्लाहरूलाई अनुसन्धानमा सहयोग पनि गर्छौँ । यस्तै विभिन्न संघसंस्थाहरुसँग समन्वय गरेर उद्धार गर्नुपर्ने व्यक्तिलाई उद्धार गरेर सम्बन्धित व्यक्तिको परिवारको जिम्मा पनि लगाउँछौँ ।

बेचबिखन तथा तस्करीमा परेकाहरू मलाई समस्या पर्‍याे भनेर न्याय माग्न चाहिँ कतिको आउनुहुन्छ ?

पछिल्लो चरणमा मेरो मान्छे फलानो देशमा छ, म काम गर्न गएको काम पाएको छैन, शोषणमा परेको छु, घाइते भएको छु, उद्धार गर्नुपर्ने भयो भनेर थुप्रै सूचना आउँछन् । हामीले हाम्रो हेडक्वार्टर हुँदै, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय हुँदै उद्धारका लागि गर्ने काम त छँदै छ ।

हामी प्रत्यक्ष रूपमा गन्तव्य देशमा रहेको नेपाली दूतावास, एनआरएनएसँग सहकार्य गर्छौँ । कतिपय अवस्थामा उद्धार गरेर ल्याइएका व्यक्तिहरूलाई हामीले परामर्श गर्छौँ । सङ्घसंस्था तथा परिवारसँगको समन्वयमा उपचार गराउने पनि गर्छौँ ।

कसैसँग पैसा नै छैन भने पनि विभिन्न संघसंस्थामार्फत निःशुल्क लेखिदिन लगाउने र आफैले पनि हामी लेखिदिन्छौँ ।

तर उजुरीको हकमा कसैले उजुरी दिन चाहनुहुन्छ कसैले चाहनुहुन्न । जबरजस्ती उजुरी लिने कुरा पनि आउँदैन । बेचबिखन तथा ओसारपसारमा पारिएकाहरूलाई उजुरी दिनुहोस् भनेर परामर्श भने गर्छौँ । कसैसँग पैसा नै छैन भने पनि विभिन्न संघसंस्थामार्फत निःशुल्क लेखिदिन लगाउने र आफैले पनि हामी लेखिदिन्छौँ ।

तर आफू बेचबिखनमा परेको भन्दा समाजले, परिवारले हेर्ने दृष्टिकोण, आफ्नो घरजम गरेर बस्नुपर्ने स्थितिलाई पनि उहाँहरूले नियालेर कोही कसैले जाहेरी दिन चाहनुहुन्न । त्यो उहाँहरूको व्यक्तिगत कुरा भयो । तर पनि कानुन विपरीत काम गर्ने बदमासी काम गर्नेहरूलाई छोड्नुहुँदैन । जाहेरी दिनुपर्छ । अनुसन्धान अगाडि बढाउनुपर्छ । जाहेरी दिने व्यक्तिको गोप्यतालाई कायम राख्ने गरेका छौँ । त्यस कारण डराउनुपर्ने अवस्था छैन ।

कानुनले प्रहरीलाई अनुसन्धान गर्ने जिम्मा दिएको छ । अनुसन्धानपछि सरकारी वकिल कार्यालयमा हामी प्रतिवेदन पेस गरेका छौँ । सरकारी वकिल कार्यालयले मुद्दा दर्ताका लागि अदालतमा पेस हुन्छ । कानुनको एउटा फम्र्याट छ, यसलाई झण्झट मान्नुभएन । यसलाई झण्झट मान्नुभयो भने तपाईँलाई पीडा दिने व्यक्ति अरूलाई पनि पीडा दिन थाल्छ ।

कानुनले खोजेको प्रक्रिया त पूरा गर्नै पर्छ । प्रहरीले अनुसन्धानमा तपाईँसँग केही कुरा गर्न खोज्यो, भेट्न खोज्यो भने झण्झट मान्नुभएन । हामीले सकेसम्म झण्झट नहुने किसिमले सोधपुछ गर्ने भनेर यस व्यूराेका प्रहरीलाई शिक्षित  बनाएका छौँ ।

जति पनि उजुरी दर्ता भएका छन्, उनीहरुमध्ये न्याय चाहिँ कतिले पाएका छन् ?

 कतिपय कुराहरू हामीकहाँ कानुनको पनि अभाव होला । प्रमाण जुटाउन गाह्रो होला । विदेशमा भएको अवस्थामा प्रमाणको समस्या होला । तर परिस्थितिजन्य प्रमाणहरू उपलब्ध हुन सक्छन् । सावित बयानहरू उपलब्ध हुन्छ । पीडितको बयान उपलब्ध हुन्छ । बढीभन्दा बढी तथ्यहरू सङ्कलन गर्न कोसिस गर्छौँ । फेला परेको प्रमाणलाई मेन्टेन गर्न प्रयास गर्छौँ ।

त्यही अनुसार सरकारी वकिलकोमा प्रतिवेदन पनि पेस गर्छौँ । र धेरैजसो मानव बेचबिखनबारे व्यूराेमा दर्ता भएका हालसालैका केसहरू पुर्पक्षका लागि गएका छन् । विगतका केसहरूमा पनि पुर्पक्षबाट पनि जेल सजाय हुने, जरिबाना हुने फैसला भएको धेरै हदसम्म छ ।

वैदेशिक रोजगारीमा जानेहरू मानव बेचबिखन तथा तस्करीमा पर्नबाट कसरी जोगिने ?

मुख्य कुरा आफू के को लागि विदेश जाने भन्नेमा विश्वस्त हुनुपर्‍यो । भिजिट भिसामा जाँदै हुनुहुन्छ भने त्यो भनेको घुमेर फर्किने हो । तर तपाईँलाई यति पैसा कमाउने हो, यस्तो काम गर्ने हो भन्छ भने त्यहीँ गडबड भइरहेको छ भनेर थाहा पाइहाल्नुपर्छ । यदि तपाईँ काम गर्न जाँदै हुनुहुन्छ भने, वैधानिक रूपमा खोलिएका म्यानपावरसँग सम्पर्क गरेर सबै कुरा बुझेर मात्रै जानुहोस् ।

आफूसँग भएको सीपसँग सम्बन्धित काममा मात्रै जानुहोस्, त्यो ठाउँको रहनसहन भाषा थोरै भए पनि सिक्नुहोस् । त्यसले गर्दा त्यहाँ काम गर्न सजिलो हुन्छ । विदेश जाँदाखेरि कसैलाई लुकाएर जाने कुरा होइन । जान्ने बुझ्ने मान्छेसँग, पालिकाका जनप्रतिनिधिसँग सोधेर बुझेर जानुहोस् ।

दुई थरी कुरा मनमा राखेर नजानुहोस् । काम गर्न जाने हो भने नेपाल सरकारले तोकेको प्रक्रिया पूरा गरेर जानुहोस् । त्यस्तो अवस्थामा समस्या आयो भने पनि नेपाल सरकारसँग तपाईँको अभिलेख हुन्छ । उद्धार गर्न पनि सजिलो हुन्छ ।

मानव बेचबिखन व्यूराेको हकमा भन्दा हाम्रो अफिस बबरमहल, काठमाण्डौमा छ । हाम्रो हटलाइन १११७ हो । कुनै पनि समयमा १०० मा फोन गरेर पनि जानकारी दिन सक्नुहुन्छ । 

नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी सूचना जारी गरिरहेको हुन्छ । व्यूरोले पनि विभिन्न सामाजिक सङ्घसंस्थाको समन्वयमा आठ ओटा डिजिटल बोर्ड, जस्तो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि डिजिटल बोर्ड छ ।

त्यसमा विदेश जाँदा के गर्नुपर्ने, कस्तो प्रक्रियाहरू अपनाउनुपर्ने, वैदेशिक रोजगारीमा जाँदै हो भने आवश्यक कागजात के के हुन् भन्ने लगायत सूचना प्रवाहित गरिरहेका छौँ । यस्तै विभिन्न क्षेत्रमा स्थानीय संघसंस्थासँगको सहकार्यमा ब्राउजरहरू छापेर पनि सूचना प्रवाह गरिरहेका छौँ । नेपाली दूतावासको सम्बन्धित अधिकारीको नम्बर पनि लिएर जानुस् ।

नेपाल प्रहरी, अनुसन्धान व्यूराेको नम्बर पनि लिएर जानुहोस् । अभिभावकको नम्बर साथमै राख्नुहोस् । यदि कुनै समस्या भयो भने आफूसँग सम्पर्क नम्बर भएपछि सम्पर्क गर्न सकिन्छ । साथै मानव बेचबिखन व्यूराेको हकमा भन्दा हाम्रो अफिस बबरमहल, काठमाण्डौमा छ । हाम्रो हटलाइन १११७ हो । कुनै पनि समयमा १०० मा फोन गरेर पनि जानकारी दिन सक्नुहुन्छ । 

तपाईको प्रतिक्रिया