निर्वाचन आयुक्तमा सिफारिश कृष्णमान प्रधानको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत

 साउन १४, २०८१ सोमबार १८:२४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – निर्वाचन आयुक्तमा सिफारिश कृष्णमान प्रधानको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने निर्णय गरेकाे छ । समितिकाे आजकाे बैठकले प्रधानकाे नाम अस्वीकृत गर्ने निर्णय गरेकाे हाे ।

यसअघि निर्वाचन आयुक्तमा सिफारिश कृष्णमान प्रधानले आजै संसदीय सुनुवाइ समितिबाट आफैँ नाम फिर्ता लिनुभएको थियाे । समितिले अनुमोदन गर्न अस्वीकार गर्नुअघि नै प्रधानले निवेदन दिएर आफ्नो नाम फिर्ता लिनुभएको हो ।

यौन शोषणको आरोप लागेका प्रधानको बारेमा पीडित महिलाले समितिमै आएर बयान दिएकी थिइन् । पीडितसहित चार वटा उजुरी परेकोमा समितिले उजुरीकर्तासँग छलफल गर्दा घटना भएको तथ्य प्रमाण फेला पारेको थियो ।

गएको असार २ गते संवैधानिक परिषद्को बैठकले प्रधानको नाम निर्वाचन आयुक्तका लागि सिफारिश गरेको थियो ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया