माओवादीले प्रदेश तहमा छलफल शुरू गर्‍याे

 भदौ ५, २०८१ बुधबार १८:३१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले आजदेखि प्रदेश तहमा छलफल शुरू गरेको छ । सम्बन्धित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरू सम्मिलित प्रदेश बैठक बागमती प्रदेशबाट शुरू भएको हो ।

बागमतीको बैठक भोलिसम्म चल्नेछ । प्रदेश तहको बैठकमा पार्टीको समीक्षा र भावी कार्यक्रमबारे छलफल हुनेछ । पार्टी कार्यक्रमबारे छलफल गर्ने गरी यसअघि माओवादीको पदाधिकारी र स्थायी कमिटी बैठक बसेको थियो । स्थायी समितिले प्रदेश तहमा छलफल गरी सुझाव सङ्कलन गर्ने निर्णय गरेको थियो । त्यहीअनुसार आजदेखि प्रदेश तहको छलफल शुरू भएको हो ।

सबै प्रदेशसहित केन्द्रीय आयोगका सदस्यहरू, केन्द्रीय विभागका सदस्यहरू, प्रवासमा रहेका केन्द्रीय सदस्यहरू, ज्येष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको बैठक सकिएपछि पार्टी केन्द्रीय समितिको बैठक राखेर निर्णय गर्ने माओवादी केन्द्रले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया