प्रधानमन्त्री ओलीले सांसदहरूका प्रश्नको जवाफ दिँदै

 भदौ ६, २०८१ बिहीबार १२:१६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – प्रधानमन्त्री नियुक्त भएपछि केपी शर्मा ओलीले आज पहिलो पटक सांसदहरूका प्रश्नको जवाफ दिँदै हुनुहन्छ । उहाँले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सांसदहरूले लिखित रूपमा सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको  छ ।

गएको असार तेस्रो हप्ता कांग्रेसको समर्थनमा प्रधानमन्त्री भएपछि ओलीले सरकारको काम, कारबाही र अन्य विषयमा केन्द्रित भएर आज सम्बोधन गर्न लाग्नुभएको हो ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री भएपछि संसदमा सांसदहरूका प्रश्नको जवाफ दिने परम्परा शुरू भएको थियो । त्यसकै निरन्तरता दिँदै आज संसद्मा सांसद –प्रधानमन्त्री प्रश्नोत्तर हुन लागेको हो ।

अन्तिम अपडेट: भदौ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया