अपराधीलाई छुट दिन वा निर्दाेषलाई फसाउन सरकारले दबाब दिँदैन : प्रधानमन्त्री ओली

 भदौ १०, २०८१ सोमबार १५:१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्माले ओलीले अहिलेको सरकार देशमा स्थिरता र विकासका लागि गठन भएको भन्दै यसले संविधान र कानून विपरीत अपराधीलाई छुट दिन वा निर्दाेषलाई फसाउन कुनै पनि दबाब नदिने दाबी गर्नुभएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डाैकाे नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशको शान्ति सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वानुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिने र भइहालेमा कडाइका साथ कारबाही गर्नेतर्फ हरदम सचेत भएर काम गर्न निर्देशन दिनुभयो । अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत भएर नागरिकलाई शान्ति सुरक्षा दिने मामिलामा दृढ र ढुक्क भएर लाग्न उहाँले आग्रह गर्नुभयो ।

यस्तै प्रहरीमा बढुवा र सरुवाका लागि कुनै दौडधुप गर्न नपर्ने भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘झोला थैला बोकेर कसैकामा कुद्नु पर्दैन, अहिलेको सरकार भात–रोटी खान्छ, घुस खाँदैन, तपाईंहरू कर्तव्य पालनामा पूर्ण स्वतन्त्र भएर ढुक्कले लाग्नुस्, अवाञ्छित र अनुचित प्रभावमा लागिरहनुपर्ने कुनै आवश्यकता छैन ।’

यस्तै कार्यक्रममा गृहमन्त्री रमेश लेखकले देशमा स्थिरता र शान्ति सुरक्षाका लागि ठूला दलको सहभागितामा सरकार बनेको र यसले काम गरौं भन्ने आत्मबल वृद्धि भएको बताउनुभयो । उहाँले नागरिकको मुद्दालाई प्राथमिकता राख्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ ।

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया