शेयर बजार ५३ अङ्कले घट्यो, सबै समूह ओरालो लाग्यो

 चैत १०, २०८१ आइतबार १५:२१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५३ दशमलव ०४ अङ्कले घटेर २ हजार ६ सय १६ दशमलव २६ विन्दुमा झरेको छ । नेप्से लगातार छैटाैं काराेबार दिन घटेकाे छ ।

बैंक तथा वित्तीय संस्थाको खराब कर्जामा तेस्रो त्रैमासमा पनि सुधार नहुने देखिएपछि यसको प्रभाव नेप्सेमा देखिएको छ । नेप्से झन्डै दुई महिनायताकै कम विन्दुमा झरेको हो । यसअघि गएको माघ १४ गते नेप्से २ हजार ६ सय ३३ विन्दुमा झरेको थियो ।

आज सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर झन्डै ३ प्रतिशतले ओरालो लागेको छ । यस्तै विकास बैंक, होटल, जलविद्युत्, लगानी, माइक्रोफाइनान्स, निर्जीवन बीमा, व्यापार समूहको शेयर २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज मिथिला लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर भने साढे ८ प्रतिशतभन्दा धेरैलो ओरालो लागेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ३ सय १७ वटा कम्पनीका १ करोड २३ लाख कित्ता शेयर ६ अर्ब ३२ करोड रुपैयाँमा किनबेच भएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया