कुलमान घिसिङलाई हटाएको विरोधमा माइतीघरमा प्रदर्शन

 चैत १२, २०८१ मंगलबार १४:५८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विरोधमा आज काठमाण्डौको माइतीघरमा प्रदर्शन भएको छ ।

स्वतन्त्र नागरिकको तर्फबाट युवाहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘लोडशेडिङ चाहिँदैन, उज्यालो नेपाल जिन्दावाद, मन्त्रिपरिषद्को निर्णय खारेज गर’ लगायतका नारा लगाएका छन् ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । आज रत्नपार्कमा रहेको विद्युत् प्राधिकरणको कार्यालयमा पनि सुरक्षा सर्तकता बढाइएको छ । घिसिङलाई हटाउने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ । सत्तारूढ नेपाली कांग्रेसकै नेताहरूले समेत विरोध गरेका छन् ।

२०७८ साल साउन २५ गते प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालका लागि नियुक्त भएका घिसिङलाई सरकारले हटाएकाे हो । कार्यकारी निर्देशकको कार्यकाल ४ वर्षको हुन्छ । अबको ४ महिनापछि घिसिङको कार्यकाल सकिँदै थियो । सरकारले कुलमानलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।

अन्तिम अपडेट: चैत १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया