दैनिक २०० लिटर दूध बेच्ने तनहुँका लेखनाथ बाँस्ताेलालाई १ ला...
चैत १२, २०८१ मंगलबार
सन् २०३२ को ओलम्पिकपछि गाब्बा स्टेडियम भनेर चिनिने अस्ट्रेलियाकाे प्रतिष्ठित ब्रिस्बेन क्रिकेट मैदान भत्काइने भएको छ । ओलम्पिकपछि ब्रिस्बेन क्रिकेट मैदान भत्काइने र ओलम्पिकका लागि ब्रिस्बेनको भिक्टोरिया पार्क क्षेत्रमा बनाइने ६० हजार सिट क्षमताको नयाँ रङ्गशालामा क्रिकेट सर्नेछ ।
क्वीन्सल्यान्ड क्रिकेट, एएफएल र ब्रिस्बेन लायन्ससँग मिलेर भिक्टोरिया पार्कमा रङ्गशाला निर्माण गर्ने र यो महत्त्वपूर्ण लगानीले क्रिकेट प्रशंसक र क्वीन्सल्यान्डका नागरिकलाई दीर्घकालीन फाइदा पुर्याउने कुरा सुनिश्चित गर्न क्रिकेटले प्रमुख भूमिका खेल्ने क्रिकेट अस्ट्रेलियाको विज्ञप्तिमा उल्लेख छ ।
सन् २०२१ को जुलाईमा क्वीन्सल्यान्डको राजधानीलाई २०३२ को ग्रीष्मकालीन ओलम्पिक र प्यारालम्पिकको आयोजकत्व प्रदान गरिएको थियो । योसँगै सन् १९५६ को मेलबर्न र त्यसपछि २००० को सिड्नीपछि तेस्रो पटक ओलम्पिक अस्ट्रेलियामा फर्किन लागेको हो ।
गाब्बामा सन् १९३१ मा पहिलो टेस्ट क्रिकेट आयोजना भएको थियो । त्यस बेलादेखि गाब्बामा ६७ पुरुष र दुई महिला टेस्ट क्रिकेट खेलिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।