दैनिक २०० लिटर दूध बेच्ने तनहुँका लेखनाथ बाँस्ताेलालाई १ ला...
चैत १२, २०८१ मंगलबार
काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब लगातार आठ जीतसहित एक खेलअघि नै फाइनलमा पुगेको छ ।
दाङको देउखुरी रङ्गशालामा भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ४४ रनले हरायो । पुलिसले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको कर्णाली २४ ओभरमा १ सय ३ रनमा अलआउट भयो । कर्णालीका रविन्द्र शाहीले ४९ र अर्जुन घर्तीले ३० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । पुलिसका ललित राजवंशीले ६ विकेट लिए ।
योसँगै ललित प्रधानमन्त्री कप क्रिकेटमा एक सय विकेट लिने पहिलो बलर बनेका छन् । ललितले ४२ खेलमा यो उपलब्धि हासिल गरेका हुन् । प्रधानमन्त्री कप क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने खेलाडीको दोस्रो स्थानमा त्रिभुवन आर्मी क्लबका शाहब आलम छन् । शाहबले ४८ खेलमा ९९ विकेट लिएका छन् ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४८ ओभरमा १ सय ४७ रन बनाउँदा सबै विकेट गुमायो । पुलिसका अर्जुन साउदले ३६, दिलिप नाथले ३४ रन बनाए । कर्णालीका अनुज चनाराले ४ विकेट लिए । यो जीतसँगै पुलिस ८ खेलमा १६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । कर्णाली ९ खेलमा ८ अङ्कसहित पाँचौं स्थानमा छ ।
यस्तै रुपन्देहीको एक्स्ट्राटेक ओभल मैदानमा भएको खेलमा पनि मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ४४ रनले हराएको छ । मधेशले दिएको १ सय ३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २९ ओभरमा ५८ रनमा अलआउट भयो । सुदूरपश्चिमका हेमन्त धामीले सबैभन्दा धेरै १९ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । मधेशका विशाल पटेलले ६ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेशले ४२ ओभर ३ बलमा १ सय २ रन बनाउँदा सबै विकेट गुमायो । मधेशका प्रदीप पासवनले नटआउट २३ रन बनाए । सुदूरपश्चिमका हमेन्त धामी र शेर मल्लले ४/४ विकेट लिए । यो जीतसँगै मधेशले ८ खेलमा ६ अङ्क जोडेको छ भने सुदूरपश्चिमको ९ खेलमा ६ अङ्क छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।