दैनिक २०० लिटर दूध बेच्ने तनहुँका लेखनाथ बाँस्ताेलालाई १ ला...
चैत १२, २०८१ मंगलबार
मकवानपुर – लामो समयदेखि बन्द रहेकाे हेटौँडा सिमेन्ट उद्योगले यही चैतको तेस्रो हप्तादेखि पुनः उत्पादन थाल्ने भएको छ ।
उद्योग सञ्चालनका लागि मेशिन मर्मतकाे कार्य सकिएको, तत्काल चाहिने कच्चा पदार्थ सुनिश्चितता र कर्मचारी काम गर्न सहमत भएपछि उत्पादन शुरू गर्ने तयारीमा पुगेको हेटौँडा सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक इञ्जिनियर नवीनकुमार कर्णले बताउनुभयो । स्थापनाकालमा जडान गरिएको मेशिन पुरानो भएकाले नयाँ जडान गर्नुपर्ने अवस्था रहेको तर आर्थिक समस्याका कारण तत्काल सञ्चालनका लागि मर्मत नै गराएको उहाँको भनाइ छ ।
निमित्त महाप्रबन्धक कर्णका अनुसार उद्योग सञ्चालनका लागि आवश्यक बिजुली नेपाल विद्युत् प्राधिकरणले नियमित दिने प्रतिबद्धता समेत जनाएको छ । उद्योग बन्द हुँदा कर्मचारीले विगत तीन महिनादेखिको तलब भत्ता पाउन सकेका छैनन् ।
२०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन शुरू गरेको थियो । गएको भदौ तेस्रो हप्तादेखि पुनः सिमेन्ट उत्पादन शुरू गरे पनि मेशिन मर्मत गर्नुपर्ने भएपछि असोज १५ गतेयता उद्योग बन्द थियो ।
दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको हेटौँडा सिमेन्ट उद्योग आर्थिक तथा अन्य समस्याका कारण चपेटामा परेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।