दैनिक २०० लिटर दूध बेच्ने तनहुँका लेखनाथ बाँस्ताेलालाई १ ला...
चैत १२, २०८१ मंगलबार
काठमाण्डाै – नेपाली युवा टोलीले पहिलो अभ्यास खेलमा दिल्लीको १९ वर्षमुनिको टोलीलाई ५ विकेटले हराएको छ ।
दिल्लीले दिएको ९६ रनको लक्ष्य नेपाली युवा टोलीले ३१ ओभरमा ५ विकेट गुमाएर भेटायो । नेपालका अमर मिश्रले २७, रोशन विश्वकर्माले नटआउट २५ रन बनाए । दिल्लीका अमन चौधरीले २ विकेट लिए ।
यसअघि वीरगञ्जमा टस जितेर ब्याटिङ गरेको दिल्लीले २३ ओभर ३ बलमा ९५ रन बनाउँदा सबै विकेट गुमायो । दिल्लीका सार्थक पलले २९ रन बनाए । नेपालका सिबरिन श्रेष्ठ र अपराजित पौडेलले ३/३ विकेट लिए ।
यो जीतसँगै नेपाली युवा टोलीले तीन खेलको ५० ओभरको अभ्यास खेलमा १–० को अग्रता लिएका छ । दोस्रो अभ्यास खेल पर्सि बिहीवार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।