दैनिक २०० लिटर दूध बेच्ने तनहुँका लेखनाथ बाँस्ताेलालाई १ ला...
चैत १२, २०८१ मंगलबार
काठमाण्डाै – ६ कारोबार दिनपछि हिजो बढेको शेयर बजार आज फेरि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५५ दशमलव ९० अङ्कले घटेर २ हजार ५ सय ८४ दशमलव ८८ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स र जलविद्युत् समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । यस्तै होटल, बीमा, माइक्रोफाइनान्स समूहको शेयर २ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज नारायणी विकास बैंक समूहको शेयर झन्डै १० प्रतिशतले ओरालो लागेको छ । नेप्से उच्च अङ्कले घटेको दिन नेपाल क्रेडिट एन्ड कमर्स बैंकको डिबेन्चर २०८६ भने साढे ४ प्रतिशतले बढेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ३ सय २५ वटा कम्पनीका १ करोड ११ लाख कित्ता शेयर ५ अर्ब १८ करोड रुपैयाँमा किनबेच भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।