दैनिक २०० लिटर दूध बेच्ने तनहुँका लेखनाथ बाँस्ताेलालाई १ ला...
चैत १२, २०८१ मंगलबार
काठमाण्डाै – सरकारले सञ्चालन गरिरहेको किसान सूचीकरणमा अहिलेसम्म २० लाख ७० हजार किसान सूचीकृत भएका छन् ।
सरकारले २०७७ साल फागुनदेखि सञ्चालन गरेको किसान सूचीकरण अभियानमा अहिलेसम्म २० लाख ७० हजार किसान सूचीकरण प्रणालीमा सूचीकृत भएका कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतकाे राष्ट्रिय कृषि सूचना तथा प्रशिक्षण केन्द्रको पछिल्लो तथ्याङ्क छ । तर यी सूचीकृत किसानमध्ये पनि पूर्णरूपमा प्रमाणित किसानको सङ्ख्या भने झन्डै सात लाख रहेको मन्त्रालयका सहसचिव एवम् कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रमुख डा. रामनन्दन तिवारीले जानकारी दिनुभयो ।
राष्ट्रिय कृषि गणना २०७८ का अनुसार देशभर ४१ लाख ३० हजार किसान घरधुरी छन् । कृषि गणनालाई आधार मान्दा अझै पनि आधा सङ्ख्यामा किसान सूचीकरण हुन बाँकी नै छ ।
किसानका लागि सूचीकरण कार्य महत्त्वपूर्ण रहेकाले यसलाई प्रभावकारी बनाउन तीन तहका सरकार र किसान पनि सक्रिय हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । साथै जनचेतनामूलक कार्यक्रम बढाउनुपर्ने आवश्यकता पनि देखिएकोमा धेरैको जोड छ ।
किसान सूचीकरण कार्यक्रमको प्रभावकारी कार्यान्वयनका सम्बन्धमा राष्ट्रिय किसान आयोगले बाग्मती प्रदेश अन्तर्गत काभ्रेको धुलिखेलमा गरेको अन्तरक्रियात्मक छलफल कार्यक्रममा आयोगका अध्यक्ष डा. प्रेमप्रसाद दंगाल, सदस्य पुष्पा भुसाल, विभिन्न पालिकाका जनप्रतिनिधि, किसान तथा किसान सङ्घ–सङ्गठनका प्रतिनिधि र सरोकारवालाहरूले सूचीकरण कार्यलाई तीव्र बनाउन र प्रभावकारी कार्यान्वयन गर्न जोड दिएका हुन् ।
कृषिलाई रोजाइको पेशाको रूपमा विकास गर्न किसानको पहिचान, पहिचानपछि वर्गीकरण र सूचीकरण भएसँगै कृषिको सेवा प्रवाहमा सहज हुने अपेक्षा गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।