नेपाली युवा टाेलीले दिल्लीलाई ५ विकेटले हरायाे
चैत १२, २०८१ मंगलबार
ईसाई धर्मगुरु पोप फ्रान्सिस रोमको जेमेली अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । गएको फेब्रुअरी १४ मा अस्पताल भर्ना हुनुभएका पोप फ्रान्सिस अस्पतालबाट डिस्चार्ज हुनुभएको बीबीसीले जनाएको छ ।
८८ वर्षीय फ्रान्सिसलाई भ्याटिकनमा कम्तीमा दुई महिना आराम आवश्यक पर्ने डाक्टरहरूले बताएका छन् । सङ्क्रमणका कारण उहाँको दुवै फोक्सोमा निमोनिया भएको थियो । पोप पूर्णरूपमा निको नभए पनि उहाँमा निमोनिया नरहेको र अहिले स्थिर अवस्था रहेको डाक्टरहरूले बताएका छन् ।
पाेप फ्रान्सिसले आफ्नो निवास भ्याटिकन फर्किनुअभि जेमेली अस्पतालको झ्यालबाट शुभेच्छुकहरूलाई आशीर्वाद दिनुभएको खबरमा उल्लेख छ । उहाँ अस्पतालमा भर्ना भएदेखि पहिलो पटक सार्वजनिक रूपमा देखा पर्नुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।