पाकिस्तानी पूर्व प्रधानमन्त्री शरीफले जेलमा आफै कुचो लगाउनेदेखि भूइँ पुछ्नुपर्ने

 पुष २०, २०७५ शुक्रबार ९:३६:३६ | एजेन्सी
unn.prixa.net

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफले जेलमा आफ्नो ब्यारेकमा कुचो लगाउनेदेखि भूइँ पुछ्नेसम्मको काम आफैले गर्नुपर्ने भएको छ । 

आरामदायी जीवन बिताएका पूर्व प्रधानमन्त्रीले यस्तो दिन आउला भनेर कल्पनासमेत गरेका थिएनन् सायद ।

पाकिस्तानी पत्रिका डनका अनुसार पूर्व प्रधानमन्त्री शरीफले जेलमा आफैले सरसफाइ गर्नुपर्नेछ । उनले सरसफाइका लागि एकजना सहयोगी उपलब्ध गराइदिन माग गरेका थिए । तर पाकिस्तानको पञ्जाब प्रान्तको सरकारले शरीफलाई यो सुविधा दिन अस्वीकार गरेको हो । पूर्वप्रधानमन्त्री भएकैले शरीफले जेलमा कैयौँ सेवा सुविधा पाए पनि सरसफाइका लागि भने सहयोगी नपाउने भएका छन् ।

पञ्जाबका जेल महानिरीक्षक शाहिद सलीम बेगले बुधबार पञ्जाब सरकारले गरेको निर्णय सुनाउँदै पूर्व प्रधानमन्त्री शरीफलाई सहयोगीका रुपमा कैदी उपलब्ध नगराइने बताएका छन् । बेगले शरीफको मुद्दा निकै संवेदनशील भएको बताउँदै उनलाई ब्यारेकबाट बाहिर जान पनि दिन नमिल्ने बताएका छन् । 

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ अल अजिजिया स्टील भ्रष्टाचार मामिलामा लाहोरको कोट लखपत जेलमा सात वर्षको सश्रम जेल सजाय भोगिरहेका छन् ।

नवाज शरीफसँग सम्बन्धित अन्य समाचार

पाकिस्तानका पूर्व प्रधानमन्त्री शरीफलाई भष्ट्राचारको मुद्दामा फेरि जेल पठाइयो

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ र छोरी मरियम शरीफलाई रिहा गर्न अदालतको आदेश

दिवंगत पत्नीको अन्त्येष्टिका लागि पाकिस्तानका पूर्वप्रधानमन्त्री शरीफ रिहा

पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफ र छोरी विमानस्थलबाटै पक्राउ

 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया