अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको निर्णय सर्वोच्च अदालतद्वारा सदर

 असार १२, २०७५ मंगलबार २०:४४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकी सर्वोच्च अदालतले कैयौँ मुस्लिम देशका नागरिकमाथि अमेरिका आउन ट्रम्प प्रशासनद्वारा लगाइएको प्रतिबन्धलाई जायज ठहर गरेको छ । 

यसभन्दा पहिले अमेरिकाको तल्लो अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको फैसलालाई असंवैधानिक ठहर गरेको थियो । तर मंगलबार अमेरिकाको सर्वोच्च अदालतले तल्लो अदालतको फैसला उल्टाउँदै ‘ट्राभल ब्यान’ लाई सही ठहर गरेको हो । 

यात्रा प्रतिबन्धअन्तर्गत इरान, लिबिया, सोमालिया, सिरिया तथा यमनका नागरिकमाथि अमेरिका प्रवेशमा रोक लगाइएको थियो । ट्रम्प प्रशासनको यो निर्णयलाई शरणार्थीसँग सम्बन्धित तथा मानवअधिकारवादी संगठनले विरोध गरेका थिए । 

यो प्रतिबन्धमा केही संशोधन भने गरिएको छ । यसभन्दा पहिले प्रतिबन्धको सूचीमा इराक र चाड पनि समावेश थिए । तर पछि यी दुई देशका नागरिकमाथि लागेको प्रतिबन्ध भने हटाइएको थियो । 
 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया