काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
कुनै समय फ्रान्सको उच्च खोजीको सूचीमा रहेका तर पछिल्लो केही समय यता जेल सजाय भोगिरहेका कुख्यात चोरले हेलिकोप्टरको सहयोगमा जेलबाट आइतबार भागेको फ्रान्सेली अधिकारीले बताएका छन् ।
फ्रान्सको रिआउ शहरबाट केही मिनेट टाढा रहेको जेलमा रहेका ४६ वर्षीय रेडोइन फाइडलाई हेलिकोप्टरमा आएका केही शसस्त्र व्यक्तिहरूले उनलाई जेलबाट भगाएको यस घटनासँग निकट स्रोतले जनाएको छ ।
सन् २०१० मा यहाँ भएको सशस्त्र डकैतिको योजनाकार ठहर गर्दै यहाँको पुनरावेदन अदालतले २५ वर्षको जेल सजाय सुनाएपछि फाइडलाई जेलबाट भगाइएको हो । आठ वर्ष पहिले भएको उक्त घटनामा एक महिला प्रहरीसमेतको ज्यान गएको थियो । फाइडसहित तीनजना सहयोगी जेलबाट भागेको स्रोतले जनाएको छ ।
सुरक्षाकर्मीले हेलीकप्टरलाई रिआउ शहरको उत्तरपूर्वी क्षेत्रमा भेटिएको थियो । प्रहरीले सम्पूर्ण पेरिस क्षेत्रमा सुरक्षा अवस्थालाई कडा पार्दै फरार अभियुक्तलाई खोजिरहेको छ ।
फाइडले जेलबाट भागेको यो दोस्रो घटना हो । उनले सन् २०१३ मा पनि उत्तरी फ्रान्सको एक जेलबाट भागेका थिए । उनले सन् २०११को मध्यपछि जेलजीवन बिताउँदै आएका थिए ।
पिस्तोलधारी कुख्यात डाँका फाइडले जेलबाट भाग्ने क्रममा तीनजना सुरक्षागार्डलाई बन्धक बनाए पनि उनीहरूलाई लगत्तै छोडेको बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।