टिप्पर दुर्घटनामा दुई जनाको ज्यान गयाे

 जेठ ५, २०७६ आइतबार १४:५६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

उदयपुर – उदयपुरमा आइतबार बिहान टिप्पर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । 

सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी घुर्मी खण्डको कटारी नगरपालिका–१४, घुर्मी रानीडाँडामा ना ७ ख ७००० नम्बरको टिप्पर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा टिप्परका सहचालक सिन्धुली दुधौली नगरपालिका–११ बस्ने २० वर्षीय लिलाबहादुर सार्की र टिप्परमा सवार कटारी नगरपालिका– ५, भोर्ले बस्ने ३० वर्षीय डिकबहादुर बुढाथोकीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया