रसुवा जीप दुर्घटना अपडेट : ज्यान गुमाउनेको सङ्ख्या ४ पुग्यो, तीन जना अझै बेपत्ता

 जेठ २३, २०७६ बिहिबार १३:३०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – मैलुङ–स्याफ्रुबेसी सडक खण्डमा सोमबार साँझ टाटासुमो दुर्घटनामा ज्यान गुमाउनेकोे सङ्ख्या चार पुगेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ५ वर्षीय फुर्बु याङ्जेन तामाङको न्यूरो अस्पतालमा उपचारको क्रममा बुधबार राति ९ बजेर ५० मिनेट जाँदा ज्यान गएको प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताउनुभएको छ । 

पोखराबाट रसुवाको गोल्जुङ जाँदै गरेको बा १० च ५८२० नम्बरको टाटा सुमो कालिका गाउँपालिका–१ गुम्चेतमा दुर्घटना भएको थियो । 

दुर्घटनामा परेका तीन जना अझै फेला परेका छैनन् । बेपत्ता भएका ४८ वर्षीय पासाङदे घले, १९ वर्षकी महिला कामी याङ्जेन तामाङ र २० वर्षकी त्लेतङ घलेको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका सबै यात्रु गोल्जुङका स्थानीयबासी हुन् । 


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया