सर्लाहीमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, ६ जना घाइते

 असार १७, २०७६ मंगलबार ८:५९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाही – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोड खोलाको पुलमा मंगलबार बिहान बस र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।

ईश्वरपुर नगरपालिका-१२ घारीबथानबाट सर्पले टोकेको बिरामी बोकेर लालबन्दी आँउदै गरेको बा ३ ख २०५४ नम्बरको बस र ना ५ ख ७७९५ नम्बरको ट्रकसँग ठोक्किँदा बसका चालक सर्लाही ईश्वरपुर नगरपालिका-१२ घारीबथानका २४ वर्षीय माधव लाह्योको घटना स्थलमै ज्यान गएको हो।

बसमा सवार ४ जना र ट्रकमा सवार २ जना घाइते भएका छन् । उनीहरुको सर्लाहीको लालबन्दीमा रहेको विभिन्न अस्पातलमा उपचार भैइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

स्थानीय २० वर्षका गोपाल घिमिरेलाई राति २ बजे तिर सर्पले टोकेपछि उपचारको लागि बसमा हालेर नवलपुर लैजाँदै गर्दा दुर्घटना भएको हो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया