बजेट सक्न ढलानमाथि ढलान

 असार २३, २०७६ सोमबार १२:१०:१८ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – जनकपुरधाम उपमहानगरपालिका भित्रका कतिपय सडकमा ग्राभेलसमेत नहुँदा सर्वसाधारणहरु सुक्खामा धुलो र वर्षामा हिलोको मार खेप्दै हिँड्न बाध्य छन् ।

त्यस्ता सडकहरु बनाउन सम्बन्धित निकायले आँखा चिम्लेका छन् । तर जनकपुरमै एउटा यस्तो बाटो छ । जुन बाटोमा ढलान गरिसकिएको छ तर बजेट सकाउन र भ्रष्टाचार गर्न ढलान गरिसकिएको सडकमा पुनः धमाधम ढलान गर्न थाएिको छ ।

उपमहानगरपालिका–११ मा पर्ने लक्ष्मण सागर पोखरीको उत्तर पश्चिमतर्फको  बाटो शुक्रबारदेखि धमाधम ढलान गर्न थालिएको छ । उपमहानगरपालिकाको ७ लाख ५० हजार रुपैयाँ बजेटमा झण्डै सय मिटर ढलान गरिएको बाटोलाई पुनः ढलान गर्न लागिएको हो । यो काम स्थानीय रामनारायण साह अध्यक्ष रहेको उपभोक्ता समितिले गर्न लागेको हो ।

वडा नं. ११ का वडाध्यक्ष रामचन्द्र साहकै अगुवाइमा ढलान गरिसकिएको सडक पुनः ढलान भैरहेको छ । राम्रो र ढलान भइसकेको बाटोलाई किन ढलान गर्न लाग्नु भएको हो ? भन्ने प्रश्नमा वडाध्यक्ष साहले बाटो गहिरो रहेकाले पुनः ढलान गर्न लागेको प्रतिक्रिया दिनुभयो ।

‘ढलान भएको बाटो राम्रो हुँदाहुँदै अहिले नै ढलान गर्नुपर्ने कुनै आवश्यकता थिएन । तर असारे बजेट सक्न र भ्रष्टाचार गर्नकै लागि ढलानमाथि नै पुनः ढलान गर्न लागिएको हो,’ स्थानीयको गुनासो छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया