मुख्यमन्त्री कार्यालयको गलत सूचनाले राज्यमन्त्री आलोचनाको शिकार

 साउन २४, २०७६ शुक्रबार १३:४७:१५ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको गलत सूचनाले एक राज्यमन्त्री आलोचनाको शिकार बन्नु भएको छ ।

प्रदेश २ की आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवको दैनिक भ्रमण भत्तासम्बन्धी कार्यालये गलत सूचना प्रवाह गरेपछि उहाँ अलोचनाको शिकार बन्नु भएको हो ।  

केही दिनअघि कार्यालयले प्रदेश २ का मुख्यमन्त्रीदेखि राज्यमन्त्रीसम्मको गत आर्थिक वर्ष २०७५/०७६ को दैनिक भ्रमण भत्ताको सूचना पत्रकारलाई उपलब्ध गराएको थियो । जसमा मुख्यमन्त्री लालबाबु राउतले एक वर्षमा दैनिक भ्रमण भत्ता बापत ३ लाख ८ हजार ७ सय ४० रुपैयाँ बुझेको र राज्यमन्त्री उषा यादवले ३ लाख १९ हजार २ सय ८३ रुपैयाँ दैनिक भ्रमण भत्ता लिएको उल्लेख थियो । 

मुख्यमन्त्रीभन्दा राज्यमन्त्री यादवको ११ हजार ४ सय ४३ रुपैयाँ बढी भ्रमण भत्ता बुझेको समाचार सार्वजनिक भएपछि राज्यमन्त्री यादवको चर्को आलोचना भएको थियो । समाचार बाहिरिएपछि राज्यमन्त्री यादवले चासो देखाएर पुनः गर्दा हिसाब गर्दा राज्यमन्त्री यादवले २ लाख २५ हजार २ सय ५७ रुपैयाँ मात्र दैनिक भ्रमण भत्ताको रुपमा बुझेको पाइयो । 

राज्यमन्त्री यादवको दैनिक भ्रमण भत्तामा दुई जना अन्य कर्मचारीको ९४ हजार २६ रुपैयाँ जोडिएको कारण त्रुटि भएको कार्यालयले स्वीकारेको छ ।

गलत सूचना प्रवाहले आफू बदनाम भएको र आलोचना खेप्नु परेको भन्दै राज्यमन्त्री यादवले दुःख व्यक्त गर्नु भएको छ । 'कार्यालयले गलत गर्दा म बदनाम भएँ । तर आउँदो दिनमा बिनाकारण कोही पनि आलोचनाको शिकार बन्न नपरोस्', उहाँले भन्नुभयो, 'अब अगामी दिनमा कर्मचारीले सत्य, तथ्य र चुस्त–दुरुस्त रुपमा मात्र सूचना प्रवाह गरोस् ।'

हावाहुरीको बेला प्रभावित ठाउँमा गएर खटेको तथा विभिन्न स्थानहरुमा मन्त्रालयकै काममा गएको बापतको दैनिक भ्रमण भत्ता बुझेको राज्यमन्त्री यादवको भनाइ छ । 

एक वर्षको अवधिमा मुख्यमन्त्रीदेखि राज्यमन्त्रीसम्मले दैनिक भ्रमण भत्ताबापत झण्डै २२ लाख रुपैयाँ दैनिक भ्रमण भत्तामा बुझेका छन् । यस बारेमा कार्यालयले पुनः सच्याइएको सूचना प्रकाशित गरेको छ ।

 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया