जनकपुरकाे फुटपाथमा नरिवल बेच्ने किशाेरमाथि प्रहरी जवानले गरे कुटपिट

 भदौ १२, २०७६ बिहिबार १८:४९:३३ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – जनकपुरको फुटपाथमा नरिवल बेचेर गुजारा गर्दै आएका एक जना किशोरलाई प्रहरी जवानले कुटपिट गरेका छन् । 

जनकपुरको जानकी मन्दिरको उत्तरपट्टि रहेको जानकी चोकको फुटपाथमा नरिवल बेच्ने १६ वर्षका रोशनकुमार चौधरीलाई बिहीबार दिउँसो प्रहरी जवानले कुटपिट गरेका हुन् । 

जानकी मन्दिर परिसरका पर्यटक प्रहरी जवान प्रेमशंकर यादवले ती किशोरमाथि कुटपिट गरेका हुन् । ती किशोरको गालामा प्रहरी जवान प्रेमशंकरले मुक्का हानेका हुन् । मुक्काको चोट रोशनको गालामा प्रत्यक्ष देखिन्छ ।

जनकपुरधाम उपमहानगरपालिका–४ विश्वकर्मा चोक बस्ने रोशनलाई कुटपिट गरेपछि गुहार गर्दा प्रहरी जवान शंकर भागेका थिए । प्रहरी जवानले मागे अनुसार पैसा नदिँदा आफूलाई कुटपिट गरेको रोशनले दु:खेसो पोख्नु भएको छ । पैसा दिने व्यापारीहरुलाई केही नगरेको र आफूले पैसा नदिँदा कुटपिट गरेको उहाँले बताउनु भयो ।  

धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले घटनाको विषयमा आफू अनभिज्ञ रहेको बताउँदै पीडितसँगको बयानअनुसार घटनाको अनुसन्धान गर्ने बताउनुभयो ।

यसअघि मंगलबार प्रदेश २ का प्रहरी नायब महानिरीक्षक प्रद्युम्न कार्कीले प्रहरी संगठनभित्र गलत क्रियाकलाप गर्ने जुनसुकै प्रहरीलाई कारबाही बाँकी नराख्ने प्रतिबद्धता जनाएको दुई दिन नबित्दै प्रहरी जवानले यस्तो घटना घटाएका छन् ।

अन्तिम अपडेट: चैत १२, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया