च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
सल्यान – सल्यानमा पछिल्लो समय लोपोन्मुख जनावर हाइना (हुडार) असुरक्षित बन्न थालेका छन् । बितेका तीन महिनामा घाइते अवस्थामा फेला परेका तीन हाइनामध्ये २ उपचारका क्रममा मरेका छन् ।
बुधबार छत्रेश्वरी गाउँपालिका–६ भोटेचौरमा ढाड भाँचिएको अवस्थामा स्थानीयले फेला पारेका हाइनालाई उद्धार गरेर बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको छ । यसअघि पनि घाइते अवस्थामा फेला परेका २ हाइना डिभिजन वन कार्यालयमा उपचारका क्रममै मरेका थिए ।
स्थानीय भाषामा गधेबाघको नाममा परिचित हाइनालाई मानिसले विभिन्न स्थानमा पासो थाप्ने गरेकाले पासोमा परेर घाइते भएको हुनसक्ने डिभिजन वन कार्यालयका प्रमुख थिरबहादुर कार्कीले जानकारी दिनुभयो ।
‘जङ्गली जनवारबाट स्थानीयले बच्न घर वरिपरि पासो थाप्ने र त्यसमा अल्झेर हाइना परेको हुनसक्छ’ प्रमुख कार्कीले भन्नुभयो, ‘सडक पार गर्दा पनि तीव्र गतिमा रहेका सवारीसाधनले ठक्कर दिएर पनि घाइते भएका हुनसक्छन्, जिल्लाका अधिकांश सडकबाट जङ्गली जनावर वारपार गर्ने भएकाले पनि धेरै खतरामा परेका छन् ।’
हुडार भनेर पनि चिनिने हाइना नेपालको संरक्षित र लोपोन्मुख जनावरमा पर्दछ । वन कार्यालयका अनुसार नेपालको दाङ र सल्यानमा पाइने हाइना सीमित सङ्ख्यामा छन् । नेपाललगायत अफ्रिका तथा एशियाका जङ्गलमा हाइना पाइन्छ तर अन्य देशको भन्दा नेपालको हाइना सुन्दर देखिने डिभिजन वन प्रमुख कार्कीले बताउनुभयो । डिभिजन कार्यालयका अनुसार नेपालमा हाइना २०० भन्दा बढी सङ्ख्यामा छैनन् ।
मरेको जनावरको सिनो खाने हाइना अर्थात् हुडारले पछिल्लो समय बस्तीमा छिरेर कुखुराको खोर भत्काएर कुखुरालाई पनि खाने गरेको स्थानीय बताउँछन् । कुखुरा खान गाउँमा पसेका हाइनालाई विष राखेर मार्ने गरेकाले हाइना सङ्कटमा पर्ने गरेको डिभिजन कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।