जाजरकोटमा चट्याङ लागेर २३३ भेडा मरे

 भदौ १७, २०७६ मंगलबार १२:३२:१६ | रासस
unn.prixa.net

जाजरकोट – चट्याङ लागेर जाजरकोटमा २३३ भेडा मरेका छन् । कुशे गाउँपालिकाको पाटनमा शनिबारको हावाहुरीसँगै लागेको चट्याङका कारण २३३ भेडा मरेका छन् भने २५२ भेडा हराइरहेको कुशे गाउँपालिका–८ कफल्लाका दुर्गाबहादुर रोकायले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार चट्याङले धेरै भेडा मरेपछि कुशेका किसान चिन्तित बनेका छन् । यहाँका किसानको आम्दानीको प्रमुख स्रोत भेडा पालन व्यवसाय हो ।

कुशे गाउँपालिकाका किसान, व्यावसायिक रूपमा भेडा पालेर जीविका चलाउँदै आएका छन् । भेडा मरेपछि परिवारको घरखर्च चलाउन समस्या हुने स्थानीयवासीको भनाइ छ । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया