निगमको ओसाका उडान सातामा दुई दिनमात्रै

 भदौ १७, २०७६ मंगलबार १५:३५:९ | रासस
unn.prixa.net

काठमाण्डौ – यही भदौ १२  गतेदेखि जापानको ओसाका सिधा उडान सुरु गरेको नेपाल वायुसेवा निगमले साताको दुई दिन मात्रै उडान भर्ने भएको छ ।

वाइडबडी जहाज भित्र्याएको एक वर्षपछि लामो गन्तव्यमा पहिलो पटक जापान उडान भरेको निगमले तत्काललाई यात्रुको संख्या कम रहेको भन्दै जापानमा उडानतालिका घटाएको हो । निगमले अव सातामा मंगलबार र शनिबार मात्र उडान गर्नेछ । यसअघि सातामा तीन दिन मंगलबार, आइतबार र शनिबार उडान गर्ने कार्यतालिका थियो ।

ओसाकास्थित कन्साई इन्टरनेशनल विमानस्थलमा निगमको २७४ सिट क्षमताको वाइड बडी ए–३०३०–२०० जहाजले पहिलो उडान गरेको थियो । त्यसयता जम्मा तीन उडान भएका छन् ।

पर्याप्त मात्रामा यात्रु नभएकाले उडान तालिका संशोधन गरी सातामा दुई दिन मात्रै ओसाका उडान गरिने निगमका सहायक प्रवक्ता सुलेख मिश्रले जानकारी दिनुभयो ।

उहाँका अनुसार दशैँ, तिहार र त्यसपछिको समयमा हालको उडान संख्या बढाएर चार पु¥याइनेछ । सन् १९९४ देखि निगमले ओसाका उडान गर्दै आएकोमा सन् २००७ मा जहाजको संख्या अपुग भएको भन्दै उडान स्थगन गरेको थियो । त्यसताका निगमले काठमाण्डौदेखि चीनको साङ्घाई हँुदै ओसाका उडाउने गरेको थियो ।

निगमको ध्यानाकर्षण

नेपाल वायुसेवा निगमले आफ्नो संस्था र कार्यकारी अध्यक्ष मदन खरेलसँग जोडी विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष खरेल हाल अस्वस्थ्य हुनु भएकाले चिकित्सकको सल्लाहबमोजिम उपचारको सन्दर्भमा आराम गरिरहनुभएको स्पष्ट पारेको छ ।

चिकित्सकका अनुसार अध्यक्ष खरेल मौसमी भाइरल र टाइफाइडबाट सङ्क्रमित हुनु भएकाले कम्तीमा पाँच दिन आराम गर्नुपर्नेछ । कार्यकारी अध्यक्ष विश्राममा रहनुभएको प्रसङ्गलाई अतिरञ्जित समाचारको रुपमा आएकोमा त्यसको खण्डन गर्दै निगमले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया