च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - काठमाण्डौ महानगरपालिका–८, गौशालामा रहेकाे भण्डारखाल जङ्गलमा मंगलबार बिहान खोटाङका एक महिला र एक पुरुषकाे झुण्डिएकाे अवस्थामा शव फेला परेकाे छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भएर काठमाण्डौको बाँसबारी बस्दै आएका ४० वर्षीय जय गिरी र खोटाङको टेम्मा गाउँ बस्ने ३३ वर्षीया उमिता दमाईकाे शव मंगलबार बिहान सँगै रुखमा झुण्डिएको अवस्थामा फेला परेकाे महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी निरीक्षक खेम राउतले जानकारी दिनुभयो ।
मर्निङ वाकमा निस्किएका स्थानीयवासीले दिएको सूचनाका आधारमा घटनास्थल पुग्दा दुवैकाे शव झुण्डिएको अवस्थामा फेला परेको गौशाला प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक राउतले चिकित्सक बोलाएरै घटनास्थलको प्रकृति मुचुल्का उठाइ दुवै शव परीक्षणका लागि महाराजगञ्जमा रहेकाे शिक्षण अस्पतालमा लगिएको जानकारी दिनुभयो ।
उनीहरु दुवै जना खोटाङ कारागार बसेर निस्किएको बुझिएको छ ।
बाँसबारीमा परिवारसँगै बस्दै आएका गिरी मजदुरी गर्दथे । मंगलबार बिहान गिरीकी श्रीमती र छोरा प्रहरीको सम्पर्कमा आएका थिए । गिरी सोमबार बेलुका पशुपति घुम्न जान्छु भनेर निस्किएको श्रीमतीको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक राउतले बताउनुभयो ।
खोटाङ बस्दै आएकी दमाई काठमाण्डौ आएको कारण भने खुलेको छैन । उनी काठमाण्डौमा दिदी–भिनाजुकहाँ बसेको पाइएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।