च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
चितवन – बुधबार बिहान झण्डै ९ बजे बुद्ध एयरको जहाजबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई र नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला भरतपुर विमानस्थल उत्रनुभयो ।
सरकारी अधिकारी, सत्ता पक्ष र प्रतिपक्ष आ–आफ्नै नेता तथा मन्त्रीको स्वागतमा फूलमाला लिएर विमानस्थलमा पुगेका थिए । जब जहाज रोकियो मन्त्री भट्टराई र नेता सिटौलासँगै झर्नुभयो ।
उहाँहरु गफिँदै अघि बढ्दै गर्दा स्वागत गर्न जिल्लाका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत पुग्नुभयो । बहालवाला मन्त्री भएकाले बस्नेतले आफ्नो हातको खादा मन्त्री भट्टराईतर्फ जब लैजानुभयो मन्त्री भट्टराईले रोक्दै सिटौलातर्फ देखाउँदै भन्नुभयो, ‘पहिला दाइलाई ।’ उहाँको भनाइसँगै बस्नेतलेसँगै रहनुभएका सिटौलालाई त्यही खादा पहिले ओढाउनुभयो अनि मन्त्री भट्टराईलाई अर्को खादा ओडाउनुभयो ।
यो सबै हेरिरहेका नेता कार्यकर्ता स्तब्ध देखिए । दुइटा खादा र फूल बोकेका धेरैले पहिले सिटौला र पछि मन्त्रीलाई खादा र फूलले स्वागत गरे । जिल्ला तहमा आरोप र प्रत्यारोपमा उत्रने स्थानीय नेता कार्यकर्तालाई सकारात्मक सन्देश दिँदै सम्मानको भावसँगै मन्त्री भट्टराई बाहिरिनुभयो ।
चितवन क्षेत्र नम्बर २ का सङ्घीय सांसद एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा चितवनका सचिव कृष्णभक्त पोख्रेलले पनि पहिले सिटौलालाई खादाले स्वागत गर्नुभयो । उहाँले भन्नुभयो, ‘मन्त्रीले अत्यन्तै सकारात्मक सन्देश प्रवाह गर्नुभएको छ ।’ पोख्रेलले थप्नुभयो, ‘लोकतन्त्र र गणतन्त्र यही पार्टी मिलेर ल्याएका हौँ । अब हामी समृद्धिका लागि पनि मिल्नुपर्छ भन्ने सन्देश यसले दिन्छ ।’ युवाहरुले यो खालको संस्कार देखाउनुपर्ने पोख्रेलले बताउनुभयो ।
नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले विपक्षी दलका नेतालाई जुन सम्मान मन्त्री भट्टराईले दिनुभयो यसले मुख्य दल मिल्नुपर्छ भन्ने सन्देश प्रवाह भएको विचार राख्नुभयो । उहाँहरुको स्वागतमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपां)का जिल्ला इन्चार्ज कृष्ण खनाल, जिल्ला सचिव कृष्णभक्त पोख्रेल, कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठ, प्रदेशसभा सदस्य विजय सुवेदी, घनश्याम दाहाललगायतका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
मन्त्री भट्टराई भरतपुर विमानस्थल विस्तारसम्बन्धी छलफल कार्यक्रममा र सिटौला पार्टीको समायोजनसम्बन्धी कार्यक्रममा सहभागी हुन चितवन आउनु भएको हो ।
केही दिनअघि मन्त्री भट्टराईले मन्त्रालयका योजनाका विषयमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई भेट गरी जानकारी गराउनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।