टानको अध्यक्षमा खुमबहादुर सुवेदी विजयी

 भदौ २१, २०७६ शनिबार १३:२३:१३ | रासस
unn.prixa.net

काठमाण्डाै - ट्रेकिङ एजेन्सिज एसाेसिएशन अफ् नेपाल (टान)को अध्यक्षमा खुमबहादुर सुवेदी विजयी हुनुभएको छ ।

टानको ४१ औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी अञ्जान थापा (कुमार) लाई ८३ मतले पछि पार्दै सुवेदी विजयी हुनुभएको हो ।

निर्वाचन समितिका अनुसार सुवेदीले ५२१ मत ल्याएर विजयी बन्नुभएको छ भने पराजित थापाले ४३८ मत प्राप्त गर्नुभएको थियो ।     सुवेदी प्रजातान्त्रिक समूह र थापा वामपन्थी समूहबाट प्यानलसहितको उम्मेदवारी घोषणा गर्नुभएको थियो । थापा समूहकी सरिता लामा महासचिवमा विजयी हुनुभएको छ । प्रतिद्वन्द्वी कर्मा शेर्पालाई उहाँले १३ मतले पराजित गर्नुभएको छ ।

नयाँ कार्य समितिको अन्य पदमा दुवै समूहका मिश्रित प्रतिनिधित्व भएको छ । सुवेदी समूहबाट वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, सचिवमा थापा समूहका दामोदर ढकाल निर्वाचित हुनुभएको छ ।

त्यस्तै, कोषाध्यक्षमा सुवेदी समूहकी ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । सदस्यमा थापा समूहकी ङिमादिकी शेर्पा निर्वाचित हुनुभएको छ ।

कार्यसमिति सदस्यमा थापा समूहका पाँच जना ठाकुर सापकोटा, प्रेमबहादुर लामा, मिङमातेन्जिङ शेर्पा, रामबहादुर गुरुङ र सुवेदी समूहका सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले तथा सोनाम ग्याल्जेन शेर्पा विजयी भएको टान निर्वाचन समितिद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । एक हजार ३१९ मतदाता रहेको टान निर्वाचनमा जम्मा ९८१ मत खसेको थियो ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया